logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    पेशागत विमा अभिकर्ता संघ गठन


    २४ कार्तिक २०७३ , बुधबार

    पेशागत विमा अभिकर्ता संघ गठन

    गोविन्द प्रसाद गिरी
    बुटवल, कात्तिक । पेशागत विमा अभिकर्ता संघ नेपाल विमक संघ एलआईसी नेपाल लिमिटेडले बुटवल शाखामा फडीन्द्र पुरी, तथा परासी शाखामा कविन्द्र केसीको अध्यक्षतामा कार्य समिति गठन गरेको छ ।
    20161108_173325
    समितिको बुटवल शाखामा उपाध्यक्षमा रामप्रसाद अर्याल, सचिवमा संगम न्यौपाने, सह सचिवमा गोविन्द प्रसाद गीरी, कोषाध्यक्षमा श्याम बहादुर थापा क्षेत्री र सदस्यहरुमा विष्णु बहादुर वराल क्षेत्री, नवराज गौतम र सल्लाहकारमा सुजित शर्मा रहेका छन् भने परासी शाखा अन्र्तगत उपाध्यक्षमा नन्दलाल यादव, सचिव देवेन्द्र प्रसाद  गुप्ता, कोषाध्यक्षमा किसन बहादुर चौधरी र सदस्यरुमा बंस बहादुर मौय, प्रल्हाद चौधरी र गिरीधारीप्रसाद कोहार र सल्लाहकारमा प्रभाव ज्ञवाली रहेका छन् ।

    पेशागत विमा अभिकर्ता संघ, विमक समिति एलआईसी नेपाल लिमिटेड केन्द्रीय अध्यक्ष स्वदेश महर्जनको अध्यक्षता, विमा अभिकर्ता संघ केन्द्रीय सदस्य तथा बरिष्ठ एजेन्सी म्यानेर(पोखरा) केदारनाथ अधिकारी, विमा अभिकर्ता संघ विमक समिति एलआईसी नेपाल लिमिटेडका बरिष्ठ केन्द्रीय उपाध्यक्ष लालकुमार अधिकारी स्याङ्जा, बरिष्ठ एजेन्सी म्यानेजर टिकामान परियार(पोखरा), बरिष्ठ एजेन्सी म्यानेजर ज्ञान बहादुर खड्का (काठमाण्डौं), एजेन्सी म्यानेजर एशोसिसन अध्यक्ष सनत कुमार श्रेष्ठ (दाङ्ग) पुर्व अध्यक्ष एजेन्सी म्यानेजर निर्माला शाह(नेपालगञ्ज) रहेको उक्त कार्यक्रमको संयोजक एजेन्सी म्यानेजर तथा बरिष्ठ अभिकर्ता टंक बहादुर क्षेत्री(काठमाण्डौंैं)ले गरेका थिए ।

    उक्त कार्यक्रममा स्वागत मन्तव्य बुटवल शाखाका अधिकर्ता तथा एजेन्सी म्यानेर फण्डेन्द्र  पुरीले गरेका थिए भने विमा अभिकर्ताको हक र हितको लागि गठन भएको यस ईकाई कमिटि बुटवल तथा परासी स्वागत गर्दै विमा अधिकर्ता संघ नारायण घाट शाखाका अध्यक्ष एजेन्सी म्यानेजर शोभाखर अधिकारी, पेशागत विमा अभिकर्ता संघ  केन्द्रीय सदस्य प्रभा ज्ञवाली, पेशा गत विमा संघ एलआईसी शाखा पोखरा उपशाखा अध्यक्ष रुक बहादुर गुरुङ्ग, होम आले लगायतले शुभकामना व्याक्त गर्दै सम्पूर्ण विमा अभिकर्ताहरु  एकता वद्वहुन प्रेरित गरेका थिए ।

    सोही कार्यक्रममा पेशागत विमा अभिकर्ता संघ केन्द्रीय सदस्यहरु प्रकाश श्रेष्ठ, संञ्चिता राज भक्त, औबहादुर गुरुङ्ग, मिना कुमारी कटुवाल, एलआईसी नेपाल लिमिटिड केन्द्र तथा  तथा मोफसल गरी ३ सय ५० जनाको सहभागीता रहेको  संयोजक टक बहादुर क्षेत्रीले जानकारी दिए ।

    पेशागत विमा अभिकर्ता समिति विमक समिति एलआईसी केन्द्रले आयोजना गरेको कार्यक्रमा नेपालगञ्ज, धनगढी, परासी, नारायणघाट, तौलिहवा, घोराई, स्याङ्ग्जा शाखाबाट उत्कृष्ठ कार्यगर्ने र सक्रिय अभिकर्ता र एजेन्सी म्यानेजर,  एमआरहरुलाई गोलबद्व गरी बुटवल नगरीबाट सम्पूर्ण शाखामा एकाई कमिटि गठनका लागि सक्रिय रही सकारात्मक सन्देश प्रवाह गरी जिवन विमाको क्षेत्रमा काम गर्ने सम्पूर्ण अभिकर्ताहरुलाई शाखा उपशाखाहरुमा सम्पर्कगरी सदस्यताको लागि आग्रह गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.