२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् । यससँगै ट्रम्पका समर्थकहरुले खुसी मनाउन थालेका छन् भने अहिले ट्रम्पले सम्बोधन गरिरहेका छन् ।
डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार डेमोक्र्या्टिक उम्मेद्वार हिलारी क्लिन्टनलाई निकै पछाडी पार्दै ट्रम्प ४५ औँ अमेरिकी राष्ट्रपति बनेका हुन् ।
उपछिल्लो मत परिणाम अनुसार ट्रम्पले २८८ इलेक्टोरल मत जितेका छन् ।
निकै विवादिन बनेको यस पटकको चुनावमा ट्रम्पमाथि क्लिनटनले झिनो अन्तरले बाजी मार्ने चुनावअघिको सर्वोक्षणहरुले जनाएको थियो । तर, पहिल्लो मत परिणाम अनुसार सबैको अनुमान उल्टो साबित गरेका छन् ।
यता, क्लिन्टन भने २१५ मात्र इलेक्टोरल कलेजमा सिमित बनेका छन् ।
अमेरिकी राष्ट्रपतिमा विजयी बन्न २७० इलेक्टोरल कलेज जित्नु आवश्यक हुन्छ ।
योसँगै अमेरिकाको २२७ वर्षको इतिहासमा हिलारीको पहिलो महिला राष्ट्रपति बन्ने सपना चकनाचुर बनेको छ ।
उनले अब जनवरी २० मा आफ्नो पदभार ग्रहण गर्नेछन् ।