logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    राष्ट्रपति, सभामुख र प्रधानन्याधीस महिला भएको देशमा सुनकुमारीको मृत्युको जीम्मा कसले लिने ? (फोटो फीचर)


    १ मंसिर २०७३ , बुधबार

    राष्ट्रपति, सभामुख र प्रधानन्याधीस महिला भएको देशमा सुनकुमारीको मृत्युको जीम्मा कसले लिने ?   (फोटो फीचर)

    sunkumari-1
    नरेश के.सी.
    भैरहवा, मंसिर १ । । आफ्नै श्रीमानको निर्घात कुटपीटबाट घाइते भएकी रोल्पा थबांग ८ झकिबांगकी सुनकुमारी नेपालीको उपचारको क्रममा कार्तिक २७ गते युसीएमएस भैरहवामा मृत्यु भएको छ ।

    ४८ वर्षिय नेपालीलाई असोज २६ गते आफ्नै श्रीमान धुब्र नेपाली र बहिनी नाता पर्ने जाला नेपालीले मरणासन्न हुनेगरी कुटेका थिए ।
    आफ्नैबाट कुटपीट भएपछि उनलाई स्थानिय प्रहरीले उद्धार गरी तत्काल घर्ति गाऊ अस्पतालमा उपचार गरी थप उपचारकोलागी नाबालिका छोरी विनिता नेपालीको साथमा भैरहवा पठाएको थियो ।

    युसीएमएस भैरहवामा असोज २८ गते भर्ना भएकी सुनकुमारीको आर्थिक अवस्था नाजुक भएकै कारण राम्रो उपचार हुन सकेन । तत्काल आईसीयुमा राखेर उपचार गर्नुपर्नेलाई न्यूरोको जनरल वार्डमा राखेर उपचार भइरहेको थियो ।

    पछि रोल्पाबाट क्रृणधन गरी ल्याएको पैसा सकिएपछि नाबालिका १३ वर्षिय छोरी विनिता आफन्त संग सहयोग माग्न पुगिन् । तर आफन्तले पनि सहयोग नगरेपछि उनी यसै रन्थनीदै हिड्न् ि।

    पछि यो कुरा भैरहवाका पत्रकारले थाहांपाएपछि त्यहां स्थित लुम्बिनी प्रेस क्लबले सुनुमारीको उपचारमा चासो देखायो । सोही अनुसार क्लबका अध्यक्ष माधब ढुंगाना सहितको क्लबको टोलीले युसीएमएस प्रशासन प्रमुख अजय कुमार सहितको व्यवस्थापन टोलीसंग आबश्यक छलफल गरी सुनकुमारीको उपचारमा लाग्ने सबै खर्च क्लबले ब्योहोर्ने र उपचारमा कुनै कमी नराख्नेगरी थप उपचारलाई तिब्रता दिइयो ।

    सुनकुमारीको उपचारमा लुम्बिनी प्रेस क्लबले सक्रियता देखाएपछि सहयोगी संघसंथाले पनि आर्थिक सहयोग गरेका थिए भने उपराष्ट्रपति पुत्र दिपेश पुन त काठमाण्डौंबाट सहयोग रकम नै लिएर भैरहवा आए ।

    सभामुख ओनसरी घर्ति, उपराष्ट्रपति पुत्र दिपेश पुन सहितको टोलीले सुनकुमारीलाई अस्पतालको सघन कक्षमै पुगी स्वास्थय अवस्था बुझेको केहि घन्टामै सुनकुमारीले यो संसार छाडेर गइन् ।

    केही दिन अगाडी संसदको स्वास्थय उपसमितीको संयोजक जीवन परियार सहितको ६ सदस्यीय संसदीय टोलीले पनि उनको अवस्था बुझेको थियो । अस्पतालले पछिल्लो समय न्यूरो विशषज्ञ डा. डम्बर शाह र फीजिसीयन डा. प्रविन खत्रीको विशेष टोली नै उनको उपचारमा खटाएको थियो तर उनलाई बचाउन सकेन ।
    20161108_114400
    सुनकुमारीको शुरुमै राम्रो उपचार भएको भए बाच्ने धेरै सम्भावना चिकित्सकहरुकै छ । उनको उपचारमा संलग्न एक चिकित्सक भन्छन् २२ दिन सम्म जनरल वार्डमा राखेर उपचार गरियो पछि लुम्बिनी प्रेस क्लबले सहयोग गरेपछि मात्रै आइसीयुमा राखेर उपचार थालिएको हो ।

    उनका अनुसार उनलाई शुरुकै दिनमा आइसीयुमा राख्नुपर्ने थियो तर नाबालिका विनिता संग पैसा नहुदां उनले आफ्नी आमाको प्रायाप्त उपचार गराउन सकिनन् र आमालाई गुमाउनु परयो ।

    अहिले मुलुकको राष्ट्रपति विद्यादेवी भण्डारी रहेकी छन् , सभामुख ओनसरी घर्ति र प्रधानन्याधिस शुसीला कार्कि रहेका छन् । यी तिनै जना महिला हुन् । मुलुकको मुख्य मुख्य पदमा महिलाहरु आसीन भएर शासन व्यवस्था चलाइरहँदा पनि सुनकुमारीले न्याय नपाएको अवस्था छ ।
    20161104_192115
    सुनकुमारीले जनयुद्ध कालमा ज्यान फालेर प्रचण्डलाई थबांगबाट जनयुद्धको म्याडेन्ट दिएकी थिइन् । तीनै प्रचण्ड आज मुलुकको कार्यकारी प्रधानमन्त्री भएको बेला सुनकुमारीले उपचार खर्च नपाएर मर्न परयो ।

    प्रचण्ड जसले नेपाली कांग्रेसको नेतृ सुजता कोइरालालाई उपचार खर्च बापत ५० लाख दिएर ठूलो काम गरे भनेर काठमाण्डौंमा छाती फुलाउदां उनलाई जनयुद्धको बेला आफ्नो भाग काटेर खुवाउने थबांगकी सुनकुमारीको मृत्युले केही छोएको छैन ।

    सुनकुमारीको मृत्यु त भयो तर यसको जिम्मेवारी कसले लिने भन्ने विषयले अहिले चर्चा पाएको छ । उनको मृत्युको साधरण कारण उनको श्रीमान हुन् । जसको सजायं उनले पाइरहेका छन् । त्यो सामन्यकरणको सिद्धान्त हो ।

    तर सुनकुमारीको मृत्युको मुख्य कारण राज्य व्यवस्था हो । अहिले राज्य व्यवस्थाको मुख्य हर्ताकर्ता सुनकुमारीहरुकै आडमा शासनमा पुगेका प्रचण्ड छन् भने महिला नेतृहरु राष्ट्रपति, सभामुख भएका छन् । यता कानुको हर्ताकर्ता प्रधानन्याधिस पनि महिला छिन् ।
    राष्ट्रपति, सभामुख र प्रधानन्याधिसले मृतक सुनकुमारीलाई न्याय दिन सक्लान् । के अब महिला हिंसा नहोला की यस्तै भइरहला ।

    हिजोको १० वर्षसम्मको सस्शत्र जनयुद्ध र थबाङ्ग जसले नन्दबहादुर पुनलाई ‘पसाङ्ग’ बनायो र उनी हालको यो देशका उपराष्ट्रपति जस्तो गरिमामय पदमा आसिन रहेका छन् । पुष्पकमल दाहाल जसलाई लाई ‘प्रचण्ड’ बनायो जो अहिले यो देशको कार्यकारी प्रधानमन्त्री छन् ।
    dsc_0242
    संसदमा नेपालको इतिहास रचेकी सभामुख ओनसरीघर्ती मगर उर्फ उषा जसलाई यही थबाङ्गले जन्मायो । अहिलेका अर्थमन्त्री कृष्ण बहादुर महरा उर्फ अमरसिंहलाई समेत थबाङ्गले संरक्षण दियो ।
    वर्षमान पुन जसलाई ‘अन्नत’ बनाउने पनि यही थबाङ्ग नै भयो । उनी यो देशका पुर्वअर्थमन्त्री हुन् भने सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा माओवादी केन्द्रको सचिव हुन् ।
    कुनै समय माओवादी नेतृत्वलाई संरक्षण दिने यही थबाङ्गकी सुनकुमारी नेपाली आर्थिक अभावका कारण समयमै उपचार हुन नपाउँदा अन्नतः आज यो संसारबाट बाध्यतापुर्वक विदा हुनु परेको छ ।
    त्यही थबाङ्गकी सुनकुमारी आज आफ्नै श्रीमानबाट आक्रमणबाट मृत्यु रोज्न बाध्य हुनु राज्य परिवर्तनको आभाष यहि होर ?्

    सुनकुमारीको मलामीमा महिला सहभागीता धेरै
    मंगलबार सुनुकमारीको करिब साढे २ बजेतिर भैरहवाको भीम अस्पतालबाट पोस्र्टमाटम गृहबाट शब निकाल्दा बाहिर महिलाहरुको तातिं नै थियो । उनको शब देखेपछि महिलाहरुले एकाएक नाराबाजी गर्न थाले महिला हिंसा बन्द गर, हत्यारालाई कारबाहि गर ‘ यो नारा शबयात्राभरी लागी नै रहयो ।
    sunkumari-17
    पछि गाडीमा शब राखेर भैरहवा बजारको बैंक रोड, देवकोटा चौंक, शान्तिनगर हुदैं स्वर्गदवारीघाटमा लगेर शब नजलाउदा सम्म महिलाहरुले गगनभेदी नारा लगाउदैं महिलाहिंसाको अन्तयकोलागी आहवन गरिरहेका थिए ।

    प्रायजसो मलामीमा पुरुषहरुको बाहूल्यता हुने देखिएकोमा सुनकुमारीको मलामीमा महिलाहरुको पनि बाहूल्यता देखियो । महिला अधिकारकर्मिहरु ज्ञानु पौडेल, प्रभा खनाल, उषा रावंल, रमिता थापामगर, उमा अधिकारी, सावित्री सापकोटा , रचना शर्मा सहित सयौं महिलाहरुको सहभागीता रहेको थियो ।

    शबयात्रामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, उपराष्ट्रपति पुत्र दिपेश पुन, युवा संघ केन्द्रिय उपाध्यक्ष राजु गुरुंग, सिद्धार्थ यातयात व्यवसायीका अध्यक्ष सूर्य कुमार सारु, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्मा, भीम अस्पतालका अध्यक्ष हितराज पन्थि, समाजसेवी ओमकार गौचन, भरत कुमार पोखरेल, प्रहरी उपरिक्षक बुद्धिराज गुरुंग, प्रहरी नायब उपरिक्षक बेलबहादुर पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगाना सहित पदाधिकारी र सदस्यहरु, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधी, राजनितकी दलका प्रमुखहरुको सहभागीता रहेको थियो ।

    sunkumari-13

    sunkumari-cdo-14

    sunkumari-15

     

    sunkumari-51
    (((((((((

    sunkumari-8

    sunkumari-10

     

    sunkumari-1

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.