logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    उद्योग व्यापार संगठनको रारा दस्तावेज


    ५ मंसिर २०७३ , आइतबार

    उद्योग व्यापार संगठनको रारा दस्तावेज

    15095651_1267268456674099_5291894739356936380_n

    लुम्बिनीखबर
    भैरहवा, मंसिर ४ । उद्योग व्यापार संगठन रुपन्देहीको टोली सप्ताहव्यापी औद्योगिक व्यापार भ्रमणका लागि आईतबार भारतको नयाँदिल्ली प्रस्थान गर्ने भएको छ ।

    व्यापार संगठनका २१ सदस्यीय प्रतिनिधि मण्डल दिल्लीको प्रगति मैदानमा  लाग्ने  व्यापार प्रर्वद्धन मेला अवलोकनको लागि त्यहाँ जान लागेको संगठनले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    मंसिर १ गतेदेखि १५ गतेसम्म लाग्ने व्यापार प्रर्वद्धन मेला वा टे«ड फेयर महोत्सवमा विभिन्न औद्योगिक तथा व्यवसायिक संघसंस्थाहरुको प्रदर्शनी हुने हुनाले त्यसको जानकारी लिने उद्देश्यले रुपन्देहीका व्यापारीहरु त्यहाँ जान लागेको उद्योग व्यापार संगठनका अध्यक्ष नारायण भण्डारीले जानकारी दिए ।

    व्यापार प्रदर्शनी अवलोकनका लागि उद्योग व्यापार संगठन रुपन्देहीका कार्यसमिति सदस्यहरु, विभिन्न उपशाखाका अध्यक्षहरु र शाखाका अध्यक्षहरु सहभागी हुने जनाइएको छ ।

    विगत वर्षदेखि आफ्ना कार्यक्रमहरु व्यापारिक तथा औद्योगिक क्षेत्रमा प्रदर्शन गर्दै आइरहेको उद्योग व्यापार संगठन रुपन्देहीले गत जेठमा संगठनको रारा दस्तावेजको रुपमा तयार पारेको वार्षिक कार्ययोजना अन्र्तगत दिल्ली भ्रमण तय गरेको थियो । जुन भ्रमणबाट यस क्षेत्रका व्यवसायीहरुले विभिन्न उत्पादनमूलक औद्योगिक तथा व्यापारिक कार्यक्रमहरु नेपालमा भित्र्याएर व्यापार व्यवसाय फस्टाउने उद्देश्य राखिएको छ ।

    नेपालको पर्यटन प्रवद्र्धनका लागि समेत यो भ्रमण महत्वपूर्ण हुने उद्योग व्यापार संगठनले अपेक्षा राखेको संगठनका सल्लाहकार चोपलाल आचार्यले बताए ।  भैरहवामै केन्द्रिय कार्यालय रहेको यो संस्था व्यवसायीहरुको पक्षमा वकालत गर्दै आइरहेको छ । वार्षिक कार्ययोजना अन्र्तगत आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिइरहेको संस्थाका उपाध्यक्ष गिरीश त्रिपाठी बताउँछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.