logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    ससुराली र धनको आडमा लिन्छन् भारतीयले नागरिकता


    ७ मंसिर २०७३ , मंगलबार

    ससुराली र धनको आडमा लिन्छन् भारतीयले नागरिकता

    201503266-held-for-aiding-indian-natl-get-nepali-citizenship-600x0लाहान, मंसिर ७
    असोज दोस्रो साता इलाका प्रहरी कार्यालय लहान ५ मा कुटाकुट भयो। कुटपिट गर्ने लहान ५ का ज्याउल रहमानमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाए । मुद्दाको फाइलसहित अरोपित रहकानलाई बयानका लागि सरकारी कार्यालय सिरहा लगियो । तर, लहान ५ स्थायी निवासी रहमानले आफू भारतीय नागरिक भएको बयान दिए।
    सार्वजनिक अपराधसँगै प्रहरीले रहमानको नागरिकताबारे बुझ्यो । अनुसन्धानमा देखियो– नामः मोहमनद ज्याउल रहमान, पिताको नाम दोस्त मोहमद, नागरिकता नम्बर १५३००५र२०१ लाहन ५ सिरहा । नागरिकता जारी गर्ने टोली प्रमुख थिए शिवराम यादव । रहमानले ०६३ चैत २९ मा लहान ५ मा खटिएको नागरिकता टोलीबाट जन्मसिद्ध नागरिकता प्रमाणपत्र लिएका थिए ।

    यो त एक प्रतिनिधि उदाहरण मात्र हो । भारतमा अपराध गरेर नेपाल आई नेपाली नातेदार मार्फत उनीहरुले नागरिकता लिने गरेका छन् ।

    गृह मन्त्रालयका अनुसार ०५५ यता गैरकानुनी रुपमा गैरनेपालीले लिएको नागरिकता रद्द गरिएका मध्ये ९५ प्रतिशत भारतीय छन् ।

    नागरिकता वितरणमा कडाइ, सिफरिस गर्ने हकमा राजनीतिक इमानदारिता नभएसम्म नवनागरिककको वर्चश्व समाजमा बढ्दै जाने प्राध्यापक चक्रपाणि खनालले बताए । अधिकारकर्मी विनोद कुमार बिसुन्ख मधेसका दलित, जनजाति, चमार, डोम, मुसहर लगायत हजारौले अझै नागरिकता पाउन नसकेको तर ज्याई–भान्जाको नाममा नवनागरिक बढिरहेको चिन्ता व्यक्त गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.