कमल रायमाझी
पाल्पा, मंसिर १४ । मगर राजाको राजधानीको रुपमा परिचित ऐतिहासिक पाल्पाको बलिहाङगढी दरबार अवलोकनका लागि विश्वभरीका मगर समुदायका प्रतिनिधिहरु त्यहाँ पुगेका छन् ।

ऐतिहासिक पाल्पाको बलिहाङगढी दरबार
तानसेन सदरमुकामदेखि ५० कि.मि पश्चिमदक्षिण र रुपन्देहीको सालझण्डी देखि १५ कि.मि. उत्तरमा पर्ने उक्त क्षेत्रको विकास, प्रवद्र्धन र प्रचारप्रसारका लागि मगरहरु त्यहाँ पुगेका हुन् ।

बलिहाङगढीको दरवार परिशरमा रहेको राजाको इनार अवलोकन गर्दे जनजाती नेतृ ममता बुढाथोकी
विक्रम सम्वत् १४५० देखि १८०९ सम्म मगरातको राजधानीको रुपमा रहेको हालको बल्ढेङगढी क्षेत्रमा अहिले पनि बलिहाङ राजाको राजदरबारको अवशेष देख्न पाइन्छ ।
मगरको विशाल राज्य त्यतिखेर सञ्चालनमा रहेको कुरा इतिहासमा पाइएपनि व्यवहारिक रुपमा यसको सोधीखोजी हुन सकेको थिएन । त्यहाँका स्थानीय तथा पत्रकार कमल रायमाझीले त्यसको विषयमा पत्रपत्रिका र अनलाइनहरुमा समाचारहरु प्रकाशित गरेपछि मगरहरुले त्यसको विषयमा चासो राखेका हुन् ।

बलिहाङगढीको दरवार बरिपरि रहेको रानी बन
अहिले विभिन्न जातिय, क्षेत्रीय आन्दोलन चलिरहेको बेलामा मगरातको राजधानी बलिहाङगढीको महत्व अझ बढेकाले विश्वभरीका मगरहरुले यसको संरक्षणमा जुट्ने समेत बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापाले बलिहाङगढी दरबार मगर राजाको दरबार रहेको भन्ने तथ्य आफूले थाहा पाउँदा गर्वको अनुभूति प्राप्त भएको भन्दै यसको विकासमा आफूले प्रयासको थालनी गरेको बताए ।

बलिराजाको पुरानो दरवार अवलोकनमा मगरहरु
उनले दरबार क्षेत्रको अवलोकन गर्दै त्यहाँ रहेको राजाको पुरानो कुवारीदेवीको मन्दिरमा दर्शन समेत गरेका थिए । उनको साथमा हङकङबाट र विभिन्न देशहरुका संघसंस्थामा आबद्ध एक दर्जन मगरहरु दरबार अवलोकनका लागि सोमबार बल्ढेङगढी पुगेको बलिहाङगढी क्षेत्र विकास समितिकी कोषाध्यक्ष तुला रास्कोटीले बताईन् ।

जनजाती नेता एमबी थापालाई स्थानियहरुले स्वागत गर्दै
बलिहाङगढी दरबारको संरचनाका लागि पाल्पा जिल्लाका मगर तथा जनजाति महासंघका पदाधिकारीहरु समेत थापाको साथमा दरबारमा पुगी त्यसको प्रचारप्रसार र विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेको जनजाति नेता टोप अस्लामी मगरले जानकारी दिए ।

जनजाती नेता एमबी थापा दरवार परिशरमा भेटिएको पुनानो ताम्रपत्रमा
सो अवसरमा रुपन्देहीबाट समेत जनजाति नेताहरु सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्य कुमार सारुमगर, सिद्धार्थ ट्राभल एण्ट टुर एशोसिएसनका अध्यक्ष चन्द्र थापा, राजनीतिज्ञ भरत पोखरेल र पत्रकार नरेश के.सी. बलिहाङगढी दरबारलाई संरक्षण र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको भन्दै बल्ढेङगढी पुगेका थिए ।

बलिराजाको दरवार छेउमा रहेको पाचपन्ने विशाल ढुङ्गा अवलोकन गर्दे जनजाती नेता सुर्य कुमार सारुमगर
भग्नावशेष अवस्थामा रहेको बलिहाङगढी दरबार क्षेत्र वरीपरी अहिले पनि पुरानो दरबारको अवशेष इनार, युद्ध मोर्चाहरु, रानीवन, रानीकुवा, राजाले प्रयोग गरेको त्यतिखेरको चर्पी र मन्दिर रहेका छन् । अहिले त्यस क्षेत्रमा स्थानीयहरुले देवताको मन्दिर बनाई पूजाआजा गर्दै आइरहेका छन् । भ्रमण अवलोकनको संयोजन पाल्पाका पत्रकार देव पचभैयाले गरेका थिए ।
अति सुन्दर, रमणीय डाँडाको चुचुरोमा रहेको दरबार क्षेत्रमा पुगेपछि जो कोहीलाई पनि स्वर्गमा पुगेको आनन्द आउने त्यहाँ आउने पर्यटकहरुले समेत बताउने गरेका छन् ।

जनजाती नेता एमबी थापा
वृहत लुम्बिनीका परियोजनाकार प्रोफेसर क्वाकले समेत हिमाल र लुम्बिनी देखिने एक मात्र संसारको स्थान बलिहाङगढी दरबार क्षेत्र रहेकाले यसको महत्व अन्र्तराष्ट्रिय क्षेत्रमा पु¥याउन आवश्यक रहेको विगतमा बताइसकेका छन् ।