logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भैरहवाका हजारौ जनता सडकमा


    २१ मंसिर २०७३ , मंगलबार

    भैरहवाका हजारौ जनता सडकमा

    फोटो फिचर
    लुम्बिनीखवर अनलाईन
    भैरहवा, २१ मंसिर । सरकारले संविधान संशोधन मार्फत ५ नम्बर प्रदेशलाई टुक्राउन खोजेको बिराधमा विगत एक हप्तादेखी चलेको आन्दोलनको उत्कर्ष रुप आज भैरहवामा देखिएको छ ।

    rally-agnaist-govenrment-in-bhairahwa-1
    सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले मंगलबार ५ नम्बर प्रदेश टुक्राएको विरोधमा आहवन गरेको जनप्रदर्शनमा हजारौ मानिसहरुको सहभागीता रहेको छ । अहिले भैरहवा बजार हिमाल पहाड तराई , कोही छैन पराई, ।।, ५ नम्बर प्रदेश टुक्राउन पाइदैन, राष्ट्रघाति विधेक चाइर्दैन  भन्दै नारा लगाउदै स्थानियहरु सडकमा प्रर्दशन गरिरहेका छन् ।
    सिद्धार्थ उद्योग वाणिज्य संघले नेतृत्व गरेका कार्यक्रममा भैरहवा क्षेत्रका करिब ६० वटा संघसंस्थाको ब्यानर सहिद सहभागीता रहेको उद्योग वाणिज्य संघका सचिव नेत्र आर्चायले वताउनुभयो ।

    rally-agnaist-govenrment-in-bhairahwa-3
    रयालीमा स्थानिय मधेसी, मुश्लिम, महिला, दलित , आदीबासी जनजाति समुदायको समेत उल्लेख्य सहभागीता देखिएको सामुदायिक विद्यालय परिवार रुपन्देहीका पुर्व अध्यक्ष गोकुल पोखरेलले जानाकारी दिनुभयो  ।
    भैरहवाको लुम्बिनी गेटबाट शुरु भएको रयाली अहिले ब्रमेलीटोल, नारायणस्थान, मिलनचौंक बै.करोड, देवकोटाचौंक हुदै बुद्धचौंक तर्फ हिडीरहेको छ ।
    सामाजिक सद्भाव र एकताको लागी विशाल रयालीको आयोजना गरिएको उद्योग वाणिज्य संघले जनाएको छ ।
    स्वतःस्फूर्त रुपमा निस्केको हजारौं मानिसहरुको नेतृत्व गरेका
    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले ५ नम्बर प्रदेश टुक्राउने कार्य कदापी हामीलाई स्वीकार्य हुदैंन भन्दै पहाड र तराईको मिश्रणबाट लुम्बिनीको महत्व रहने वताउनुभयो । ‘

    rally-agnaist-govenrment-in-bhairahwa-4
    मधेस आन्दोलनको बेला लाइफ लाइनको रुपमा रहेको भैरहवालाई पहाड संग छुट्टाउनु अत्यन्तै निन्दाजनक भएको रयालीका सहभागीहरुको आक्रोस छ । उनीहरु भन्छन् ‘हिजो मधेस आन्दोलनको नाममा सारा नेपाल ठप्प हुदां यहि भैरहवाले काठमाण्डौं मात्रै होइन देशलाई सन्चालन गर्न नाका सहज गरेर योगदान दियो । आज सिमित नेताको स्वार्थ पूर्ति गर्न भैरहवालाई पहाडसंग अलग्गाउने भन्दै सरकारसंग प्रश्न पनि गरिरहेका छन् । प्रदर्शन सरकारबादी कांग्रेस , माओवादी र राप्रपा का स्थानियत नेता कार्यकर्ता पनि उल्लेख्य रुपमा सहभागी भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.