logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    तिवारी हत्याको भत्र्सना गर्दै अनेमसंघद्वारा विज्ञप्ति जारी


    ५ पौस २०७३ , मंगलबार

    तिवारी हत्याको भत्र्सना गर्दै अनेमसंघद्वारा विज्ञप्ति जारी

    लुम्बिनीखबर

    भैरहवा, पुस ५ । पार्टी नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको भत्र्सना गर्दै अखिल नेपाल महिला संघ रुपन्देहीले खेद प्रकट गरेको छ ।

    untitled-5
    सोमबार अपरान्ह ३ः४५ बजेतिर मोटरसाइकलमा पिछा गर्दै आएका अज्ञात व्यक्तिबाट देवदह खैरेनीमा गोली हानी हत्या गरिएका तिवारी पछिल्लो समय रुपन्देही लगायतका लुम्बिनी अञ्चलका जिल्लाहरुमा भएको प्रदेश नं ५ का जिल्लाहरुलाई टुक्राउने गरी गरिएको  ४ बुँदे प्रस्ताव विरुद्धको आन्दोलनमा सक्रिय रुपमा सहभागी थिए ।

    संघले सोमबार खेद विज्ञप्ति जारी गर्दै युवा संघ नेपालका  अत्यन्त होनहार, जुझारु, कर्मठ, इमान्दार र शालीन व्यक्तित्व दुर्गा तिवारीको  हत्याको पछाडि विशुद्ध राजनीतिक कारण भएको भन्दै  कायरतापूर्ण गरिएको हत्याको  छानबिन गरी हत्यारालाई अबिलम्व गिरफ्तार गरी हदै सम्मको कडा कार्वाही गर्न सरकार संग माग गरेको छ ।

    साथै रुपन्देही जिल्लामा बढिरहेको असुरक्षा र आपराधिक गतिविधिलाई अविलम्ब नियन्त्रण गरी कडा भन्दा कडा सुरक्षा व्यवस्था मिलाउन प्रहरी प्रशासन लगायत सरकार समक्ष माग गरेको छ ।

    संघले विज्ञप्तिमा ४ बुँदे प्रस्ताव र तिवारी हत्याको विरुद्ध उठिरहेको आन्दोलनमा अनेमसंघ रुपन्देही  संघर्षशील एवं जुझारु ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण अनेमसंघ र महिला दिदीबहिनीहरुमा हार्दिक अपिल समेत गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.