logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लोडसेडिङ नगर्न हम्मे, बिजुली माग्न नेपाली टोली दिल्लीतिर


    ७ पौस २०७३ , बिहिबार

    लोडसेडिङ नगर्न हम्मे, बिजुली माग्न नेपाली टोली दिल्लीतिर

    e5806b9c63f3ddc0a715a4d7d035c1df_l

    काठमाडौं, पुस ७
    केही समययता राजधानीलाई लोडसेडिङमुक्त बनाएर राम्रो जश पाएका नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई माघ महिनामा पनि लोडसेडिङ नगर्ने वातावरण बनाउन हम्मेहम्मे परेको छ।

    माघअघि नै थप बिजुली व्यवस्था नगर्ने हो भने लोडसेडिङ हुने निश्चित भएपछि बिजुली माग्न नेपाली टोली भारत गएको छ। उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोली बिजुली माग्न दिल्ली गएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

    भारतबाट थप ८० मेगावाट बिजुली ल्याउन सकिए लोडसेडिङको सामना गर्नु नपर्ने भन्दै उनीहरु मंगलबार दिल्ली गएका हुन्।

    भारतबाट बिजुली ल्याउनेबारे प्रारम्भिक सहमति भएकाले अन्तिम टुङ्गो लगाउन उर्जा टोली भारत गएको हो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.