logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    ‘पक्लिहवा कप–२०७३’ सुरु


    १० पौस २०७३ , आइतबार

    ‘पक्लिहवा कप–२०७३’ सुरु

    लुम्बिनीखबर
    भैरहवा, पुस १० । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पसमा जिल्ला स्तरिय अन्तर कलेज सुपर सिक्स क्रिकेट र भलिबल प्रतियोगिता सुरु भएको छ ।

    img_20161224_103537_hdr1
    अनेरास्ववियू (क्रान्तिकारी) मुल इकाई समिति पक्लिहवा क्याम्पसको आयोजना र जिल्ला खेलकुद विकास समिति रुपन्देहीको सह–अयोजनामा ‘पक्लिहवा कप–२०७३’ सुरु भएको हो । क्रिकेटमा २४ र भलिबलमा १२ टिमको सहभागिता रहेको खेल संयोजक श्रृजन बज्राचार्यले बताए ।

    प्रतियोगिताको पहिलो दिन शनिबार क्रिकेटमा युनिभर्सल कलेज अफ मेडिकल साइन्स, लिलाराम उच्च मा. वि., राममणि बहुमुखी क्याम्पस, त्यसै गरी भलिबलमा सेन्ट जोसेफ कलेज, यज्ञोदय बहुमुखी क्याम्पस, एभरेष्ट कलेज, न्यू इन्भाइरोमेन्ट कलेज र साइ ग्लोबल कलेजले विजयी सुरुवात गरेका छन् ।

    प्रतियोगितामा क्रिकेट तर्फ प्रथम र द्वितीयलाई सिल्ड तथा मेडल सहित क्रमशः बीस र दश हजार रुपैया पुरस्कार तथा भलिबल तर्फ क्रमशः दश र पाँच हजार नगद पुरस्कार प्रदान गरिने संयोजक बज्राचार्यले जानकारी दिए ।
    उद्घाटन समारोहका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रोफेसर डा. कन्हैया प्रसाद सिंहले रिबन काटेर
    प्रतियोगिताको उद्घाटन गरेका थिए  ।

    समारोहमा विरोधीलाई पनि प्रोत्साहन गर्ने भावना खेलले नै सिकाउने  भन्दै पक्लिहवा कपले पक्लिहवा कपले पक्लिहवा कृषि क्याम्पसको चिनारीमा मद्दत पु¥याएकोमा आयोजकलाई बधाई दिँदै खुशी व्यक्त गरे ।
    अनेरास्ववियू (क्रान्तिकारी) मुल इकाई समिति पक्लिहवा क्याम्पसका अध्यक्ष रिकेश श्रेष्ठको अध्यक्षता तथा सचिव निरज खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिता पुष ९ देखि १४ गतेसम्म संचालन हुदैछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.