logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    ‘पक्लिहवा कप–२०७३’ को उपाधि लिलाराम र मणिमुकुन्द लाई


    १४ पौस २०७३ , बिहिबार

    ‘पक्लिहवा कप–२०७३’ को उपाधि लिलाराम  र  मणिमुकुन्द लाई

    आशिष चौधरी

    भैरहवा, पुष । कृषि र पशु विज्ञान अध्ययन संस्थान्, पक्लिहवा क्याम्पसमा सम्पन्न जिल्लास्तरीय अन्तरकलेज सुपर सिक्स क्रिकेट र भलिबल प्रतियोगिता ‘पक्लिहवा कप’ को चौथो संस्करण ‘पक्लिहवा कप–२०७३’ क्रमशः लिलाराम उच्च मा.वि. र मणिमुकुन्द कलेजले जितेका छन् ।

    cri
    ‘राष्ट्र निर्माणमा कृषिको आवश्यकता , खेलकुदमा युवाको सहभागिता’ भन्ने मुल नाराका साथ अनेरास्ववियू (क्रान्तिकारी) मुल इकाई समिति पक्लिहवा क्याम्पसको आयोजना र रुपन्देही जिल्ला खेलकुद विकास समितिको सह–आयोजनामा खेल सम्पन्न भएको हो ।

    valli
    क्रिकेटतर्फको फाइनलमा लिलाराम उच्च मा.वि. ले अक्सफोर्ड कलेजलेलाई ३५ रनले पराजित गर्दै उपाधि उचालेको हो भने भलिबलतर्फ मणिमुकुन्द कलेजले एभरेष्ट कलेजलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

    pp
    प्रतियोगितामा क्रिकेटतर्फ २४ र भलिबलतर्फ १२ टिमको सहभागिता रहेको थियो । जितसंगै लिलाराम उच्च मा.वि ले रु २० हजार र अक्सफोर्ड कलेजले रु १० हजार त्यसैगरी मणिमुकुन्द कलेजले रु १० हजार र एभरेष्ट कलेजले रु ५ हजार नगद पुरस्कारका साथै शिल्ड र मेडल प्राप्त गरेका छन् ।

    ffff
    क्रिकेटतर्फ फाईनल खेलमा म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेन्ट दुवै लिलाराम उच्च मा.वि. का तुल बहादुर थापा प्राप्त गरे त्यसैगरी भलिबलतर्फ फाईनल खेलमा म्यान अफ द म्याच मणिमुकुन्द कलेजका उदय मल्ल भए भने म्यान अफ द टुर्नामेट सोही क्याम्पसका प्रकाश फल भए ।
    पुरस्कार बितरण तथा समापन कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष तिलकराज भण्डारी र विशिष्ट अतिथि क्याम्पस प्रमुख प्रा. डा. कन्हैया प्रसाद सिंहले बोल्नुभएको थियो । खेल संयोजक श्रृजन बज्राचार्यले अघिल्लो वर्षको भव्य सफलतालाई निरन्तरता दिइएको र आउने वर्ष पनि आयोजना गर्ने प्रतिबद्धता जनाउदै सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो ।
    अनेरास्ववियू (क्रान्तिकारी) मुल इकाई समिति पक्लिहवा क्याम्पसका अध्यक्ष रिकेश श्रेष्ठको अध्यक्षता तथा सचिव निरज खानलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिता पुष ९ गतेबाट सुरु भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.