logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा विशेष सुरक्षा योजना


    १७ पौस २०७३ , आइतबार

    रुपन्देहीमा विशेष सुरक्षा योजना

    लुम्बिनीखबर
    भैरहवा, पुस १७ ।  पश्चिम तराईमा साना हतियारको प्रयोग बढ्न थालेपछि सीमावर्ति शहर भैरहवामा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भैरहवामै आई उक्त सुरक्षा योजनाको थालनी भएको जनाएका हुन् ।

    bises-suraxa-yojana
    सिद्धार्थ उद्योग वाणिज्य सघ भैरहवाले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिरक्षक अर्यालले भने “यहांको अवस्थालाई स्थलगत अध्ययन गरेपछि आम नागरिकको अपेक्षालाई मध्यनजर गर्दै हामीले प्रहरीको विशेष सुरक्षा योजना लागु गरेका छौं । ”

    अर्यालले औद्योगिक तथा पर्यटकीय केन्द्र भैरहवामा आपराधिक क्रियाकलाप बढेकाले आउँदो एक हप्ताभित्र विशेष सुरक्षा योजना तयार गरी लागू गरिने बताए । महानिरक्षक अर्यालले उद्योगी व्यवसायीले जिल्लामा शान्ति सुरक्षाको अवस्था विग्रेको भन्दै चिन्ता व्यक्त गरेको सुनेपछि भने  “हाम्रो ठम्माई पनि छ , रुपन्देहीमा सुरक्षा अवस्था मा चुनौति थपिएको छ । त्यसैले यहांका उद्योगी व्वसायी, पत्रकार र आमनागरिकले व्यक्त गरेको चिन्तालाई ध्यानमा राख्दै थप सुरक्षा सर्तकता अपनाएका छौ ।”

    जिल्लाको सुरक्षाको अवस्थालाइ थप मजबुत बनाउने ध्ययेले विशेष सुरक्षा योजनाको खाका बनाउने काम भइरहेको वरिष्ठ प्रहरी उपरिक्षक शेर बहादुर बस्नेतले लुम्बिनीखबरलाई जानकारी दिए । उनले भने “रुपन्देही सहित सीमावर्ति तराईका जिल्लाहरुमा विशेष सुरक्षा योजना लागु गर्नेगरी खाका तयार गरिरहेका छौं । अब केही दिनमै यो लागु हुन्छ । ”

    प्रहरी स्रोतका अनुसार विशेष सुरक्षा योजना लागु भएमा तराईमा रहेका सबै साना हतियार पुर्णतया निमूलीकरण हुने र अपराधि मनोवृतिका मानिसहरु स्वतः आत्मसर्पण गर्ने वा मृत्युको मुखमा पुग्ने देखिएको छ ।

    केही दिन अगाडी सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपानेमाथी गोली हानी हत्या प्रयास भएपछि सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग बाणिज्य महासंघले संयुक्त रुपमा प्रहरी महानिरक्षकलाई काठमाण्डौंमै भेटि सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै सुरक्षाको माग गरेको थियो ।

    त्यसपछि लगत्तै रुपन्देहीको देवदह खैरेनीमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समुहले गोली हानि हत्या गरे । तिवारीको हत्याको केहि घन्टामा नै अज्ञात व्यक्ति र समूहले पत्रकारलाई म्यासेज पठाउदैं ज्यान मार्ने धम्कि समेत दिएपछि जिल्लामा शान्ति सुरक्षामाथी धेरै प्रश्न उठे त्यसपछि प्रहरी महानिरक्षक अर्याल आफै रुपन्देही आई जिल्लाको स्थलगत अवस्थाको अध्ययन गरेका हुन् । जिल्लाको स्थलगत अध्ययन पश्चात उनी विशेष सुरक्षा योजना लागु गर्ने सोंचमा पुगी त्यसको तयारी थाल्न अन्चल प्रहरी कार्यलय लुम्बिनीलाई निर्देशन दिएका हुन् ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष्ँ रामकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, उद्योगी व्यवसायीहरुले सीमावर्ति क्षेत्रमा स्वतन्त्र र निर्भिकतापूर्वक गरेर खाने वातवरण बनाईदिन महानिरक्षक अर्याललाई आग्रह गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.