
एलपी अधिकारी
दक्षिण तर्फ फर्किएको पाखोमा मेरो एउटा सानो गाउँ थियो । त्यो गाउँको तल बेशीनेर अर्को एउटा सानो वस्ती थियो जामुने । जामुनेमा मेरो दाजूको ससुराली भएको हँुदा म निकै जाने आउने गर्थे, भाउजू सित । धेरै टाढा पनि थिएन वरालो बाटो २० मिनेटमा पुगिन्थ्यो ।
त्यहाँ एक दिन एउटा घटना घट्यो । साइली सासुकी छोरी सुन्तलीलाई निधेनीले लगिछ । लगभग १४ वर्र्षकी सुन्तली, साँझपख दक्षिणतर्फको पाखोमा रहेको खरवारीमा घाँस काट्न गएकी रहिछन्, फर्किएर आइनन् । साँझ प¥यो, रात प¥यो, वोलाए, चिच्याए हल्ला गरे कही कतै पत्ता लागेन ।
गाउँले जुटेर लालटिन वत्ती वालेर खरवारीमा खोज्न गए डोको नाम्लो भेटियो, काटेको अलिकता घाँस र पछौरा पनि भूईमा छरिएको देखियो तर सुन्तली भेटिइनन् । निरास भएर खोज्न गएकाहरु फर्किए, रातभरी रुवावासी भयो । रात वित्यो । विहान भए पछि दाजु भाई इष्टमित्र भेला भएर खोज्न निस्किए । खोज्दै जाँदा आधा घण्टाको दूरीमा एउटा सानो गुफा थियो, त्यही गुफामा सुन्तली भेटिइन् । मान्छेहरु देख्ने वित्तिकै भाग्न थालिन, वल्ल वल्ल समातेर घर ल्याई पु¥याए र घरको पिढींमा राखेका रहेछन् ।
हामी संगी साथी थियौं । उनी म भन्दा डेढ दुई वर्ष जेठी थिईन । हाम्रो खेत एकै ठाउँमा थियो । संगै वाख्रा चराउँथ्यौ , खेतमा पानी लगाउन जान्थ्यौ । निकै हिम, चिम थियो, त्यसैले मलाई उनको वारेमा धेरै चासो थियो, उनलाई ल्याएको थाहा पाउने वित्तिकै म पनि उनको घरमा पुगें ।
म उनको छेउनेर गएर वसें र उनीलाई हेरें, उनी पुरै वदलिएकी थिइन् । मलाई देख्दा मुस्कुराएर कटाक्ष गर्ने उनका आँखा कस्ता कस्ता राता पिरा भए जस्तो लाग्यो, आँखा गाढेर मलाई अलिकति हेरेर आँखा अर्कैतिर मोडिन मानौ म उनको शत्रु हूँ । कति मान्छेहरु आए, आफन्तहरु आए माया गरेर वोलाए, तिमीलाई यस्तो के भयो, भनेर विलौना गरे तर सुन्तलीलाई कसैको कुनै कुराले असर पारेन ।
माईली आमा आएर रुदै सुन्तलीको हात समाइन् सुन्तलीले हात झडकाएर चिच्याईन र अर्को तिर फर्कीन् । घर वास माया मोह इष्ट मित्र वावु आमा कोई नचाहिने भइन्, सुन्तली । उनको सम्पूर्ण चिजमा परिवर्तन भयो । एक जनाले पाकेको केरा ल्याएका रहेछन्, सुन्तलीलाई केरा खाऊ भनेर दिए धेरै कर गरे पछि हात वढाइन तर हात वटारेर उल्टो हातले केरा समाइन् ।
हामी सबै आश्चर्यमा प¥यौं ।
घटना सत्य हो । आफ्नै आँखा अगाडि देखेका छौं तर पनि विश्वास गर्न गाहे परिरहेको छ । सुन्तलीलाई समाल्नै कठिन परिरहेको छ ऊनी वेलावेलामा जुरुक्क उठेर दक्षिणतिरको त्यही गुफातिर जान खोज्छिन्, मानौ त्यही नै तिनको जन्मे देखिको घरवास हो र त्यो निधेनी नै उनको सर्वस्व हो । उनको यो चाला ले उनका घर परिवार आमा वावु दिदी वहिनी, दाजुभाई विचलितमा परेका छन् ।
गुरु, पण्डित, लामा, धामी झाँक्रीको खोजिमा छन् । यो घटना घटेको र मेरो आँखाले प्रत्यक्ष देखेको लगभग ५० वर्ष पुग्न थाल्यो । अहिले नेपालमा त्यही घटना घटेको हुँदा त्यो पुरानो संझना आयो । त्यति वेला मैले एक जनालाई मात्रै निधेनीले छलेको देखेको थिए तर अहिले नेपालमा त धेरै जनालाई निधेनीले छलेको भेटटाएँ । पहिला १ जनालाई छलेछ, उनी त डाक्टर नै थिए । शुरुमा कसैले पत्याएनन्, सम्हाल्ने कोशिस पनि गरेनन् अहिले उनि घरवासै छोडेर वर्वराउदै हिडेका छन् । फेरी अर्कोलाई छलेछ उनि पनि आपूmलाई प्रचण्डनै ठान्थे, अहिले घर भित्रै बर्बराएर घर परिवारलाई गाली गरेर सम्हाल्नै नसक्ने भएका छन्, पहिला पहिला यस्ता मान्छेलाई नेल ठोकेर राख्थे, त्यस्तै गर्न पर्ने भएका छन् ।
फेरी अर्कोलाई छलेछ उनी त आँपूmलाई शेर नै ठान्थे, सम्हालीनसक्नु भएका छन्, उल्टा हात बनाएर उल्टै कुरा गर्न थालेका छन्, घरपरिवारले हात मुख सिधा पार्ने कोशिस पनि गर्दैछन् । यति मात्रै कहाँ होर निधेनीले छलेर उल्टा हातमुख भैसकेका त कति रहेछन् कति रहेछन् ती सबै अहिले जुर्मुराएर नेपाल भरि तहल्का मच्चाएका छन् ।
नेपाल र नेपालीलाई मानवताबाट दानवता तिर तान्दैछन् । निधेनीले साँझको अध्यारोमा छल्छे । घामको उज्यालोमा, ज्ञानको उज्यालोमा निधेनीले छल्न सक्दिन । नेपालमा दशौ वर्ष देखि अँध्यारोले छाएको छ । यही मौका छोपेर निधेनीले नेपालीलाई छलेको छल्यै छ ।
पहिला पहिला भूत, पिचाश, निधेनी गाऊँ वस्ती वाट टाढा, जङ्गल गुफाहरु भएको एकान्त ठाउँमा वस्थे । अक्कल झुक्कलमा मात्रै मान्छे जालमा पंmस्थे । अहिले निधेनी शहर वस्तीमा डेरा जमाएर सकेकी छे , त्यसैमा पनि दक्षिणतर्फकी बुढी निधेनी ज्यादै ठूली शक्तिशाली वनेकी छे, चारै तिर जटा फैलाएर, ठूलो कुम्लो बोकेर बसेकी छे ।
त्यो निधेनीको ठूलो आतंक अहिले नेपालमा पैmलिएको छ । ठाउँ ठाउँमा नेपालीहरु जम्मा भएर झारफुक गर्दैछन्, निधेनीलाई भगाउन खोज्दैछन् तर त्यो निधेनी ले झन झन् नेपालीलाई छल्दै छे आफ्नो पासोमा पार्दैछे ।
सुन्तलीलाई निको हुन वर्षौ लाग्यो । केही वर्ष पछि पढाईको विदामा म घर आएँ र सुन्तलीलाई भेटन गएँ । मेरो मनमा रहेको कुतकुती मेटाउन सुन्तलीलाई सोँधे तिमीलाई निधेनीले कसरी छल्यो ?
निधेनीको छलाई पनि अनौठो हुँदो रहेछ । उनले भनिन् साँझ पर्न लागेको थियो मसिनो स्वरमा गीत गाउँदै म घाँस काटदै थिए । ए सुन्तली भन्ने आवाज आयोे, पल्लो घरको माईली भाउजुको जस्तो स्वर थियो । पछाडि फर्किएर हेरें, एउटी तरुनी आईमाई देखें, त्यो आईमाई म नेर आई, मलाई समाती र खुरु खुरु डो¥याएर लगी, उसले जता लगी म त्यतै तिर गएँ । मलाई कसले लग्यो, कहाँ लैजाने हो , पछि के हुने हो मलाई कुनै चिन्ता र मतलव भएन । उसले जहाँ लगी जसरी लगी जे भनी मैले खुरु खुरु त्यही गरें । मलाई आमा बाबु इष्ट मित्र घर परिवार कसैको केही संम्झना पनि भएन ।
हो निधेनीको छलाई यस्तो हुँदो रहेछ, निधेनीले छोए पछि सम्पूर्ण कुरा विर्सदो रहेछ । मान्छे देखेर तर्सदो रहेछ, वर्वराउँदो रहेछ र त्यै निधेनी तिरै जान खोज्दो रहेछ । वौलाएको कुकुर सँग अरु कुकुर छोइए भने अरुलाई पनि रेविज सरे झै निधेनीले छलेको मान्छे सँग सम्पर्कमा अरु मान्छे गए भने उनीहरु पनि त्यस्तै हुँदा रहेछन् ।
कस्तो अनौठो, निधेनीले छलेको मान्छे प्रत्यक्ष देखेका छौ , भोगेका छौ, तिनीहरु वर्वराएको सुनेका छौं, घर परिवार विचल्लीमा पर्ने भयो भन्ने अनुभव पनि गरेका छौ, मूलीका मूली मान्छेहरु निधेनीबाट छलिदै छन् तर पनि कतिपय मान्छेहरु त्यै निधेनीका पछि लागेका लागै छन्, निधेनीलाई भगाउनुको सट्टा रमाएका छन.् । त्यो निधेनीले कसैलाई वाँकी राख्दिन भन्ने कुरा विर्सेका छन् र मुते न्यानोमा परेका छन् । साँच्चै नै नेपालमा निधेनीका प्रकोप बढेको बढ्यै छ ।