भैरहवा, पुस । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको आयोजनामा मैनहीया गाबिसमा अबस्थित श्री भगदरी प्राथमिक बिद्यालयमा अध्ययनरत बाबालिकाहरुको नेत्र परीक्षण तथा दात माभ्mन सिकाउने कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

बिद्यालयमा अध्ययनरत बालबालिकाहरुको आखाको दृष्टीमा समस्या छ कि छैन र उनिहरुलाई दात माझन बानी बसाल्ने उद्धेश्य सहीत कार्यक्रम आयोजना गरीएको रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष बिमल सेन्चुरीले बताए ।
कार्यक्रममा कक्षा १ देखि पाँच सम्म अध्ययनरत २ सय ५० बालबालिकाहरुको नेत्र परीक्षण तथा दात माझन सिकाईएको कार्यक्रमका संयोजक राजेश ढकालले बताए ।
नेत्र परीक्षण कार्यक्रममा लुम्बिनी नेत्रालय भैरहवाले प्राबिधिक सहयोग उपलब्ध गराएको थियो । आखा दृष्टीमा खराबी पाईएका बिद्यार्थीहरुलाई नेत्रालयका प्रबन्ध निर्देशक तथा रोटरी क्लब अफ सेन्टरल लुम्बिनीका योजना संयोजक हिरा शाहले निशुल्क चस्मा प्रदान गर्ने जनाए ।
बरीष्ठ दन्त चिकित्सक एबं स्माईल एन्ड प्रोफाईल डेन्टल केयरका प्रबन्ध निर्देशक डा. हेमन्त हलुवाई र बिन्ध्याचल यादबले बालबालिकाहरुलाई दात माझने तरीका,दातलाई सुरक्षित राख्ने उपाय र दातको महत्वका बारेमा अवगत गराएका थिए ।
बिद्यार्थीहरुलाई स्माईल एन्ड प्रोफाईल डेन्टलका तर्फबाट निशुल्क ब्रस प्रदान गरीएको थियो भने रोटरी क्लबको तर्फबाट शैक्षिक सामग्री र टुष्थ पेष्ट प्रदान गरीएको थियो ।
कार्यक्रमको सुरुवात मैनहिया गाबिसका पुर्ब अध्यक्ष तथा समाजसेबी अयोध्या प्रसाद चौधरीले गर्दै ग्रामिण क्षेत्रको बिद्यालयमा आएर स्वास्थय संग सरोकार राख्ने कार्यक्रमले बिद्यार्थीलाई फाईदा पुगेको बताए ।
गाबिस सचिब ओम बहादुर मल्ल, बिद्यालयका प्रधानअध्यापक अमृता चौधरी, अध्यक्ष कृष्ण बहादुर बिक, लुम्बिनी नेत्रालयका प्रबन्ध निर्देशक हिरा शाह, स्माईल एन्ड प्रोफाईलका प्रबन्ध निर्देशक डा. हेमन्त हलुवाई, क्लबका महासचिब कृष्ण पाण्डे लगायतले कार्यक्रमको महत्व बारेमा मन्तव्य राखेका थिए ।