नरेश के.सी.
भैरहवा, पुस २५ । सशस्त्र राजस्व भन्सार तथा सुरक्षा गुल्म डण्डा पुल भैरहवाले अबैध रुपमा भित्राईएका ठुलो परिमाणका कुखुराका चल्ला गएराती बरामद गरेको छ ।

शशस्त्र राजस्व भन्सार तथा सुरक्षा गुल्म डण्डा पुलका शशस्त्र प्रहरी नायब उपरिक्षक शोभाकान्त खनालका अनुसार नेपाल भारत सिमा नाका जोडिएको रुपन्देहीको बसन्तपुर गाबिस ३ पननी बाट करिब आठ हजार चल्ला बरामद गरिएको छ ।
बरामद चल्लाको मुल्य ५ लाख ९८ हजार पाँच सय रहेको छ । बरामद गरिएको चल्ला जिल्ला पशु क्वारेन्टाईनका प्रतिनिधि र सँचारकर्मीको रोहबारमा आजै बरामद गरिएको छ ।
अवैध रुपमा भित्रिएको चल्ला सशस्त्र प्रहरीको टोलीले आईतबार राति साढे १२ बजेको समयमा बरामद गरेको थियो ।