लुम्बिनीखबर
भैरहवा, पुस २३ । शिक्षा, स्वास्थय, खानेपानी, लगायतका क्षेत्रमा कार्य गर्ने उद्धेश्य सहीत गठन भएको रोटरी क्लब अफ भैरहवाको स्थापना संगै पदस्थापन कार्यक्रम (चार्टर नाईट सेरोमोनी) आईतबार सम्पन्न भएको छ ।

भैरहवा क्षेत्र र वरपरका ५६ जना युबा÷युबती संगठित भई स्थापना भएको रोट्री क्लब अफ भैरहवाको सस्थापक अध्यक्षमा राज कुमार गुप्ता रहेका छन् । त्यस्तै गरी क्लबको प्रेसिडेन्ट ईलेक्टमा सन्जीब शर्मा रेग्मी,प्रेसीडेन्ट नोमीनीमा सुरज उप्रेती, प्रथम उपाध्यक्षमा नबिन अधिकारी, द्धितिय उपाध्यक्षमा साजन राणा, तृतिय उपाध्यक्षमा मनिष भट्टराई रहेका छन् ।
त्यस्तै गरी कोषाध्यक्षमा रबि रञ्जन कुमार गुप्ता, सह कोषाध्यक्षमा बलराम उपाध्याय, सचिब पवन पौडेल, सह सचिब शैलेस पन्त, सर्जेन्ट एट आर्मस (प्रथम) कुन्दन बज्राचार्य, सर्जेन्ट एट आर्मस (द्धितिय) सरोज पौडेल रहेका छन् ।
रोटरी अन्तराष्ट्रियको मूल मन्त्र ‘स्वार्थ भन्दा माथि सेवा’ लाई आत्मसाथ गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी लगायत बिभिन्न सामाजिक क्षेत्रमा कार्यक्रम गर्ने उद्धेश्य सहीत क्लब स्थापना भएको र सोही अनुसार सामाजिक क्रियाकलाप अगाडी बढाउने क्लबका सस्थापक अध्यक्ष राज कुमार गुप्ताले ले पदस्थापन समारोहमा बताए ।
कार्यक्रममा प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ नेपाल –भुटानका निर्वतमान गभर्नर केशव कुवरले नयाँ क्लबका अध्यक्ष राज कुमार गुप्तालाई तथा अध्यक्ष गुप्ताले पदाधिकारी तथा सबै सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । गभर्नर कुवरले ५० जना चार्टर तथा ५ जना साधारण सदस्यलाई रोटरी पिन लगाईदिएका थिए । सो क्रममा निबर्तमान गभर्नर कुवरले रोटरीले मुख्य रुपमा विश्वभरमा पोलियो उन्मुलनका लागि काम गर्दै आएकोमा पछिल्लो समयमा साक्षरता अभियानमा जुटेको बताए ।
कार्यक्रम मा स्पोन्सर क्लब रोटरी क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष एजाज आलम , २ नम्बर ग्यारीजन गण भैरहवाका प्रमुख सिताराम रिजाल, डिष्ट्रिकका डिजी नोमिनी चिन्तामणी भटराई , एवार्ड नोमिनी चेयर सन्तोष रिजाल, उपेन्द्र अग्रवाल, लगायतले नँया रोटरी क्लबलाई शुभकामना उदएका थिए ।
नयाँ रोटरी क्लब सहीत भैरहवामा रोटरी क्लबको सँख्या ३ पुगेको छ । अघिल्लो महिना रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको चार्टर सेरोमोनी सम्पन्न भएको थियो भने । दुई दशक अघि रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको स्थापना भई कार्यरत छ ।