logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सिसासको संगम सम्पन्न


    २७ पौस २०७३ , बुधबार

    सिसासको संगम सम्पन्न

    लुम्बिनीखबर
    भैरहवा, पुस २७ । सिर्जनशिल साहित्यिक समाज भैरहवाको १५७ औं मासिक संगम  सम्पन्न भएको छ ।

    कार्यक्रममा विभिन्न साहित्यकारहरुले साहित्य मार्फत देशमा शान्ति आवस्यक रहेको भन्दै सरकारले जनताको चाहाना अनुसार कार्य गर्नुपर्ने अनुरोध गरेका थिए । कथाकार वनमाली निराकार, रुद्र ज्ञवाली, ज्ञानदेव हटुवाल, तेज पन्तको समेत मासिक संगममा आतिथ्यता रहेको थियो ।


    कमल पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा साहित्यकार लक्ष्मीनाथ ज्ञवाली, कविता रिजाल, योगनाथ आचार्य, नारायण प्रसाद भण्डारी, दामोदर पाण्डे, हिमलाल पाण्डे, सरस्वती थारु, कृष्ण पोखरेल, माधब पन्थी, तिलक लामिछाने, लक्ष्मी अधिकारी र गंगा अभिलासी लगायतले रचना वाचन गरेका थिए ।

    कार्यक्रममा  आगामी माघ १६ गतेको वार्षिक उत्सवकोलागि विभिन्न पुरस्कार छनोटका लागि समिति चयन गरेको छ । सिर्जनशील एभरेष्ट साहित्यिक पुरस्कार छनोटकालागि लक्ष्मीनाथ ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।

    सिर्जनशील गंगा साहित्यिक पुरस्कारका लागी एल शर्माको संयोजकत्वमा ३ सदस्यी समिति र सिर्जनशील छवि साहित्यितिक पुरस्कारकोलागि रमेश समर्थनको संयोजकत्वमा ३ सदस्यी समिति गठन गरेको संगमको सचिवालयले जानाकारी दिएको छ ।

    वार्षिक उत्सवको लागी  गंगा अभिलाशीको संयोजकत्वमा समिति गठन गरिएको छ ।जसको प्रचार प्रसार उपसमितिको लागि शशि पन्थी, प्रमाणपत्र उपसमितिमा तेज प्रसाद पन्थ, आर्थिक उपसमितिमा सरिना मरासिनी, साँस्कृतिक उपसमितिमा दुर्गा विश्वकर्मा, व्यानर निर्माण उपसमितिमा धनबहादुर गहतराजलाई जिम्मा दिएको संस्थाका अध्यक्ष सुवास रिजालले जानकारी दिए ।

    भैरहवा क्षेत्रमा क्रियाशिल साहित्यकारहरुले स्थापना गरेको सिसासमा राष्ट्रिय तथा स्थानिय रुपमा विभिन्न कार्यक्रमहरु हुने गरेका छन्  । जसले नेपालको शिक्षा तथा साहित्य क्षेत्रमा ठुलो योगदान समेत दिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष सुवास रिजालको अध्यक्षता र रमेश समर्थनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.