फोटो न्युज
भैरहवा, पौष २७ । नेकपा एमालेका सचिव पृथ्बी सुब्बा गुरुंगले भारतले प्रचण्डको कांधमा बन्दुक राखेर देशभक्त नेपालीहरुमाथी पड्काइरहेको बताउनुभएको छ ।

संयुक्त संर्घष समिती रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहनुभएका नेता गुरुंगले भन्नुभयो‘भारत अहिले प्रचण्डको कांधमा बन्दुक राखेर शेरबहादुरलाई लोभमा फसाएर नेपाली जनतामाथी बन्दुक पड्काइरहेको छ ।

यो कुरा प्रचण्ड र देउवाले अहिले बुझेका छैनन त्यतिबेला थाहा पाउने छन जतिबेला इतिहांसले यीनिहरुलाई धिक्कारीरहेको हुनेछ । ‘
भारतको स्वार्थमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डले ५ नम्बर प्रदेशलाई टुक्राएर विश्वको महत्वपुर्ण पर्यटकीय केन्द्र लुम्बिनीलाई भारतीय शासकलाई बुझाइ दक्षिण खुसी पार्न खोजेको पुर्व पर्यटन मन्त्री समेत रहेका गुरुंगले आरोप लगाउनुभयो ।

उहाले नेकपा माओवादी र नेपाली कांग्रेस अब नाम परिवर्तन गरेर भारतीय माओवादी र भारतीय कांग्रेस बन्नुपर्ने जनाउदैं प्रचण्ड लेण्डुप दोर्जे हुने वाटोमा लम्कीएको वताउनुभयो ।
बिरोध सभामा एमाले लगाएत जनमोर्चा नेपाल, नेपाल मदजुर किसान पार्टी लगाएत ७ दलको सहभागिता रहेको थियो ।