रबिन्द्र प्रताप गुप्ता
भैरहवा, २८ पौष । “स्वार्थ भन्दा माथि सेवा” भन्ने मूल नाराका साथ केही समय अघि स्थापना भएको संस्था रोटरी क्लब अफ भैरहवाले निःशुल्क क्यान्सर शिविर र क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ सहित ७ जना क्यान्सर विशेषज्ञ , विभिन्न डिपार्टका डाक्टर र नर्सहरु गरी २२ जनाको टोली शिविरमा आउने अध्यक्ष गुप्ताले बताए ।
जनचेतनामूलक कार्यक्रममा क्यान्सरका प्रारम्भीक लक्षण र रोकथामका उपायहरुमा समेत चर्चा गरिने भएकोले यस कार्यक्रमले धेरैलाई लाभान्वित तुल्याउने र अकाल मृत्युबाट जोगाउन सकिने कुरामा आफूहरु विश्वस्त रहेको उनले बताए ।

फाइल फोटो
पत्रकार सम्मेलनमा नेपाल क्यान्सर सर्पोट गुप्रका उपाध्यक्ष दिलीप भट्टराईले विश्वमा नै महामारीको रुपमा फैलिन थालेको क्यान्सर जस्तो भयावह रोगको बिरामीलाई प्राथमिक तहमा नै पत्ता लगाउन सके क्यान्सर निको पार्न सकिने र क्यान्सर सम्बन्धि जनचेतना फैलाएर जीवनशैली परिवर्तन गर्न सकेमा क्यान्सरको रोकथाम सम्भव पत्रकार सम्मेलनमा जानाकारी दिएका थिए ।
सिद्धार्थनगर नगरपालिका लगाएत यसको आसपासमा रहेका ग्रामिण क्षेत्रका समेत महिलाहरुलाई सहभागी गराउने उद्धेश्य राखिएको आयोजकले वताएका छन् ।
स्वास्थ्य शिविरमा पाठेघर क्यान्सर, स्तन क्यान्सर ,फोक्सोको क्यान्सर, पेटको क्यान्सर ,बोन क्यान्सर लगाएको प्रारम्भिक परिक्षण गरिनुका साथै रोग लागे नलागेको जानकारी गराए समेत बिशेषज्ञ टिमले दिने नेपाल क्यान्सर सर्पोट गुप्रका उपाध्यक्ष भट्टराइले वताए ।
विभिन्न खानपान र रहनसहनका कारण समेत क्यान्सर रोग लाग्ने हुनाले यसको विषयमा समेत जनचेतना मुलक कार्यक्रममा जानाकारी गराएने समेत आयोजकले जनाएका छन् ।