गोविन्द प्रसाद गिरी
भैरहवा, माघ १ । सामाजिक क्षेत्रमा काम गर्ने संसारकै सबैभन्दा ठूलो सेवा प्रदायक संस्था जसका जन्मदाता मेल्भिन जोन्सको १३८ औँ जन्मजयन्तीको अवसरमा बुद्धनगरी सिद्धार्थनगर भैरहवामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ ।

शान्तिका प्रतीक भगवान् गौतम बुद्धको नगरी सिद्धार्थनगर भैरहवा लुम्बिनीगेटमा उपस्थित विभिन्न ब्यानर, झाँकी सहित हजारौँ लायन्सहरुको माझमा जन्मजयन्तीका अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रसाद सिंहले जन्मोत्सव ¥यालीको समुद्घाटन गरेका थिए ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथको संयोजकत्वमा भैरहवामा लायन्स क्लबमा आबद्ध ३२५ बी २ एरिया ४ का सम्पूर्ण लायन्स, लियो क्लबहरुको उल्लेख्य सहभागितामा लुम्बिनीगेट–बुद्धचोक–मिलनचोक हुँदै देवकोटाचोकमा विभिन्न ब्याण्ड बाजा, पन्जे बाजा, नेवारी, थारु संस्कृति झल्किने भेषभूषा सहित भव्य सुन्दर प्रभावकारी तथा मनोरञ्जनात्मक ¥याली सहित सम्पन्न भएको थियो ।
सो अवसरमा उनको योगदानको चर्चा गर्दै भैरहवामा आयोजित फेलोसिप कार्यक्रमका विशिष्ट अतिथि पिडिजी लायन डिष्ट्रिक गर्भनर सुनिल ओझा, अतिथिहरु सिद्धार्थनगर नगरपालिकाका कार्यकारी प्रमुख गोपाल प्रसाद रेग्मी, अतिथि तथा वक्ताहरु क्रमशः पिडीजी लायन राजकुमार श्रेष्ठ, महेन्द्र नारायण श्रेष्ठ, अरुणप्रताप राणाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा डिष्ट्रिकका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सो क्रममा बोल्दै लायन्स क्लब नेपालमा पनि निकै सक्रिय रहेको छ । नेपालमा भूकम्पका बखत भारत पछाडि सबैभन्दा पहिला दैवी प्रकोपको लागि ५० करोड सहयोग प्रदान गर्ने लायन्स अन्र्तराष्ट्रिय सेवाको भावबाट प्रेरित रहेको जानकारी दिँदै कार्यक्रमका अतिथि पिडीजी अरुण प्रताप राणाले बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष अर्चित श्रेष्ठको संयोजकत्व, मेल्भिन जोन चेयर पर्सन महेश चन्द्र थापाको आतिथ्यतामा स्वागत मन्तव्य युथका अध्यक्ष अर्चित श्रेष्ठले गरेका थिए । सोही समारोहमा नेपाल प्रहरीको ब्याण्डबाट राष्ट्रिय गानको सम्मान गरिएको थियो भने विभिन्न भेषभूषामा सजिएको झाँकी तथा ¥यालीमा उत्कृष्ट टिमलाई मेल्भिन जोन चेयर पर्सन थापाको तर्फबाट रु १० हजार पुरस्कार लियो क्लब अफ सैनामैनाका संस्थापक अध्यक्ष आशिष बराललाई प्रदान गरिएको थियो ।
बिहानैदेखि स्थानीय रेडियो र संचारमाध्यममा समेत यस युथको निकै चर्चा सुनिन्थ्यो । एक स्थानीय रेडियोमा अन्र्तवार्ता दिँदै क्लबका संयोजक श्रेष्ठले लायन मेल्भिन जोनका बारेमा बोलेका कुराहरुलाई ३२५ बी२ नेपालका गर्भनर लायन घनश्याम भट्टराई एमजेएफले निकै प्रशंसा गर्दै भर्खरै चार्टर भएको क्लबले गर्न लागेको कामलाई सह्रानीय भन्दै आफू उपस्थित हुन नसकेपनि सम्पूर्ण साथ रहने भन्दै प्रशंसा गरे ।

नेपालमा लायन्सहरुको संख्या २४ हजार पुगेको २१० राष्ट्रमा संजाल रहेको, १५ लाख सदस्य रहेको र पनि सबैभन्दा बढी सदस्य नेपालमा २४ हजार रहेकोले यस अभियानलाई नेपालीहरुले खेलेको भूमिका विशेष चर्चा गर्दै पिडीजी लायन महेन्द्र नारायण श्रेष्ठले लायन हुनुमा गर्व रहेको बताए ।
सोही कार्यक्रममा लायन्स युथको लोगो अनावरण गरिएको क्लबका संस्थापक सदस्य तथा कार्यक्रम संचालक धिरज मल्लिकले बताए ।