logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    स्मार्ट सिटीमा प्रवेश गर्दै सिद्धार्थनगर


    २ माघ २०७३ , आइतबार

    स्मार्ट सिटीमा प्रवेश गर्दै सिद्धार्थनगर

    आयुडिपीको सवा दुई अर्ब बजेट थपियो

    कमल रायमाझी
    भैरहवा, माघ  २ । महामानवको गौतमबुद्धको जन्मस्थान लुम्बिनीको मुख्य प्रवेशद्वारमा रहेको बुद्धनगरी सिद्धार्थनगर नगरपालिका अब स्मार्ट सिटीमा प्रवेश गर्ने भएको छ ।

    नेपालको पुरानो नगरपालिकाको रुपमा परिचित यो शहरमा एडिपिको लगानीले विकास निर्माणको गतिशिलताले निरन्तरता पाए पछि स्मार्ट सिटि को दर्जामा पुग्ने सरोकारवाला हरुले बताएका छन् ।

    विगतमा विकासका कार्यहरु सुस्तगतिले अगाडी बढेपछी फोहोर निकासी, ढल र बाटो समस्यामा परेका यहाँका स्थानिय बासिन्दा एडिबी अन्र्तगत एकीकृत शहरी विकास आयोजना सुरु भएपछि विकासका पुर्वाधारहरु निर्माणले आधुनिक शहर उन्मुख भएका छन् ।

    राज्यको महत्वपूर्ण क्षेत्रको रुपमा परिभाषित भएको भैरहवा शहरको सिद्धार्थनगर भारतिय सीमासँगको सामिप्यता, नेपालको दोस्रो ठुलो भैरहवा भन्सार नाका, निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र गौतम बुद्ध जन्मस्थान लुम्बिनीको प्रवेशद्वारका कारण समेत चर्चामा रहेको छ ।

    नगरको पश्चिमक्षेत्रमा रहेको लुम्बिनी औद्योगिक कोरिडोर र पुर्वतिर विस्तारित हुँदै गरेको हुलाकीसडक औद्योगिक कोरीडोरले समेत यो नगरको आर्थिक विकासमा फ्को मारिरहेको देख्न सकिन्छ ।

    चीन र जापानका ठुला र विकशित नगरहरु सँगको मितेरी सम्बन्धले समेत यो शहरको गरिमा राष्ट्रियस्तरमा मात्र नभए अन्तराष्ट्रिय स्तरमा समेत बुद्धनगरीको रुपमा स्थापित हुँदै गएको छ । “पर्यटन, उद्योग, व्यवसायी र शिक्षा हरावरा बुद्धभुमी सिद्धार्थनगरको इच्छा,” भन्ने मुल नारा बोकेको यो नगर अवको केहि बर्षभित्र नेपालकै उत्कृष्ट नगरको रुपमा उभिने सिद्धार्थनगर नगरपालिकाको दाबी रहेको छ ।

    करिव डेढ अर्ब लगानीमा सन २०१२ वाट सुरु भएको एकीकृत शहरी विकास आयोजनाका कारण यहाँको ढल निकासी, पक्की सडक, फुटपाथ र फोहर मैला व्यवस्थापनको काम दु्रत गतिमा अगाडी बढेको छ । जसका कारण यहाँका स्थानियको जनजीवनमा समेत परिवर्तन सुरु भएको देख्न सकिन्छ । भैरहवाक्षेत्रको मुख्य भित्री सडक र ढलहरुको निर्माणले विगतमा डुबान हुने भैरहवा अहिले यो समस्याबाट मुक्ति पाएको छ ।

    यस नगरको विकासका लागी बजेट आउने क्रम जारी रहेको र यसको कार्यान्वयन पक्ष समेत सबल भएको सिद्धार्थनगर नगरपालिकाका  बरिष्ठ इञ्जिनियर शैलेन्द्र कुमार श्रेष्ठ बताउँछन् । नगरक्षेत्रको सबै तिर समानताको आधारमा विकास निर्माण सुरु भएको भन्दै नगरपालिकाका सुचना प्रमुख देव ज्ञवालीले अब यस नगरले काँचुली फेर्ने वताए ।

    थपियो डेढ अर्ब
    एकीकृत शहरी विकास  आयोजनाको काम उत्कृष्ट रुपमा अगाडी वढाएको भन्दै एडिवीले सिद्धार्थनगर नगरपालिकालाई आयुडिपि अन्र्तगत थप दुई अर्व ३८ करोड रुपैया दिनेभएको छ । क्षेत्रीय शहरी विकास आयोजना अन्र्तगत खर्च गरिने यो रकमले समेत नगरक्षेत्रको फुटपाथ, सडक निर्माण र ढल निकासीमा खर्च गरिने नगरपालिकाका  बरिष्ठ इञ्जिनियर शैलेन्द्र कुमार श्रेष्ठ बताउँछन् ।

    उनले यो सबै रकम खर्च गर्दा सम्म यस नगरको मुहारमा विकासको हासो थपिने समेत बताए । थपिएको आयोजनाको रकम स्विकृत भएर टेन्डर प्रकृयामा अगाडी वढेको भन्दै बरिष्ठ इञ्जिनियर शैलेन्द्र कुमार श्रेष्ठले स्थानिय जनताको चाहानाहरु विकासले पुरा हुने बताउँछन् । एडिबीले लगानी गरेका विराटनगर, बुटवल, धरान , नेपालगञ्ज र जनकपुर नगरपालिका मध्य सिद्धार्थनगर नगरपालिकाले एकीकृत शहरी विकास अयोजनाको काम उत्कृष्टका साथ अगाडी बढाएकाले थप रकम थपिएको हो ।

    नेपाल सरकारको ५० करोड
    तराईका सदरमुकाममा रहेका नगरपालिकाको विकासका लागी केपी ओली सरकारका पालामा विनियोजित ५० करोड रकम समेत यो नगरपालिकाले पाएको छ । यो रकम नगरपालिकाले बेलहिया बसपार्कमा अत्याधुनिक व्यापारिक मल्टिकम्प्लेस र अन्डर ग्राउण्ड पार्किङ बनाउनुका साथै सिद्धार्थ बसपार्कलाई स्तरोन्नती गर्ने भएको छ ।

    भैरहवा बजारको मध्य भागमा रहेको पुरानो हाटबजारमा समेत स्तरोन्नतीका साथै आधुनिक व्यापारिक कम्प्लेक्स निर्माण हुने भएको छ । पञ्चवाटिकाको  विकासका लागि पनि  यो बजेट विनियोजित गरिएको छ । नगरपालिको प्रशासनिक भवनको निर्माण समेत यो रकमवाट हुने नगरपालिका सुचना प्रमुख देव ज्ञवाली वताउँछन् ।

    नया“ प्रमुख संगै बुद्धत्व
    सिद्धार्थनगर नगरपालिकामा आएका नया कार्यकारी अधिकृत संगै यस नगरको गरिमा थप उचाईमा पुग्ने देखिन्छ । उनले प्रचारमा मात्र भनिएको बुद्धनगरी सिद्धार्थनगरलाई बुद्धमय वनाउने अभियान थपेका छन् ।

    उनको योजना अनुसार अव नगरवासीका निवासहरु बुद्धको रंगमा पोती निर्णय भएको नगरपालिकाले जनाएको छ । अबको केही वर्षमा यहाँ सबै घरहरुमा बद्धको रंग र बुद्धको झण्डा राख्न नगरपालिकाको निर्देशन समेत रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.