पशुपति यादव
धकधई, माघ ३ । धकधईमा रहेको पशु सेवा केन्द्रमा पशुुको गोबर जाँच्ने यन्त्र माइक्रोस्कोपको अभावमा पशुुपालक कृषकहरुलाई मर्कामा परेका छन् । माइक्रोस्कोपको आभावमा पशुको गोबर जाँच गराउन पशुसेवा केन्द्रमा पशुपालकहरु आउने गरेपनि यसको अभावमा सेवा वाट बञ्चित हुने गरेको कृषकहरु बताउँछन् ।
धकधई पशु सेवा केन्द्रको कमाण्ड एरिया धकधई, पजरकट्टी , पोखरभिन्डी, बोदवार , छिपागढ र पट्खौली गाविस आसपासका कृषकहरु गोबर चेकजाँच गराउन यहाँ आउने गरेको पशु सेवा प्रविधिक ओमप्रकाश ठाकुरले बताए ।
पशु सेवा प्रविधिक ठाकुरका अनुसार .पशुको रोग पत्ता लगाउनका लागी गोबर चेकजाँच गर्नुपर्ने हुँदा यसको प्रविधिको अभावमा चेकजाँच गर्न समस्या परेको छ । किसानहरुले पालेका पशुहरु बिरामी भएमा रोकथामका लागी समेत कुन औषधी प्रयोग गर्ने भन्ने पहिचान हुन सकेको छैन । जसका कारण यस क्षेत्रका पशुहरु मर्ने क्रम बढेको छ ।
विगत आठ महिना देखी यो मेसिन कार्यालयमा छैन् । किसानहरु सँधै आउने र निराश भएर फर्कने काम मात्र भएको भन्दै धकधई सेवा केन्द्रले दैनिक जिल्ला पशु कार्यालय रुपन्देहीमा गुनासो गर्ने गरेको छ ।
जय बैष्णो गाई फार्मका संचालक शम्भु यादवले माइक्रोस्कोपको अभावमा विरामी भएका आफ्ना गाई भैसी मर्ने गरेको गुनासो गर्दै सहयोगका लागी जिल्ला पशु कार्यालय रुपन्देहीलाई अनुरोध गरेका छन् ।
हजारौँ रुपियाँ हालेर पशु ल्याउने र छोरा छोरी झैँ पाली हुर्काएका पशुहरु गोबर चेक जाँच कै अभावमा मर्दा सह्रै दुःखी बनाएको संजीवनी गाई फार्मका संचालक जय प्रकाश यादवले दुुखेसो रहेको छ ।
यादव भन्छन् “कसरी किसानी गर्ने सरकारले उपलव्ध गराउने सहयोग समेत समयमा आउदैन । आफैले ऋण खोजेर जोडेका भैसी गाई समेत औधदी उपचार विना मरेर सकिए ।”
यस विषयमा जिल्ला पशु कार्यालय रुपन्देहीका पशु बिषेशज्ञ डा. प्रदिप शर्माले धकधई सेवाकेन्द्रले माग गरेको खण्डमा गोबर जाँचरचने यन्त्र माइक्रोस्कोप उपलव्ध गराउन सकिने भन्दै सेवाकेन्द्रबाट माग नभएको बताएका छन् ।
सरकारले बजेट भाषणमा किसान र कृषकको नाम धेरै पटक जप्ने गरेपनि व्यवहारिक रुपमा किसानको समस्या समाधानका लागी आर्थिक र प्राविधिक सहयोग उपलव्ध गराउन नसकेको किसानहरुको गुनासो रहेको छ ।
सिमाक्षेत्रमा भारतिय किसानलाई त्यहाँको सरकारले ५० प्रतिशल सहलियत पुर्ण सहयोग उपलव्ध गराउँछ । नेपालमा भने भाषण र कुरा ठुला हुने गरेको तर काम नहुने गरेको भन्दै धकधई क्षेत्रका किसानहरु आक्रोशित हुने गरेका छन् ।