लुम्बिनीको पुर्वाधार विकासको गुणस्तरियतामा ध्यान दिने
कमल रायमाझी
भैरहवा,माघ ८ । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रबेष द्धार सिद्धार्थनगरमा रहेर विकास निर्माणमा महत्वपुर्ण भुमिका निर्बाह गर्दे आईरहेको लुम्बिनी निर्माण व्यवसायी संघको १४ औ साधारण आइतवार आज भव्य र सभ्य रुपमा हुन गइरहेको छ ।

जिल्ला सम्मेलनले यस क्षेत्रको विकासलाई अझ उचाईमा पुराउने योजनाहरु निर्माण गर्ने अपेक्षा समेत गरिएको छ । गत साउनमा निर्वाचन मार्फत आएको नया कार्य समितिले गरेका वार्षिक कामहरुको समेत समिक्षा यस साधारण सभामा हुने लुम्बिनी निर्माण व्यवसायी संघले जनाएको छ ।
कार्यक्रममा संघका महासचिव त्रिभुन दत्त मिश्रले महासचिवको प्रतिवेदन, कोषाध्यक्ष दामोदर शर्मा घिमिरेले कोषाध्यक्षको प्रतिवेदन र कल्याणकारी कोषका संयोजक माधव प्रसाद अधिकारीले कल्याणकारी कोषको प्रतिवेदन बन्दसत्रमा साधारण सदस्यहरु माझ पेश गरिने र यसको आधारमा नया योजनाहरु तर्जुमा गरिने लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष टोप वहादुर रायमाझीले वताए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको प्रमुख आथित्यतामा हुनगइरहेको यो साधारण सभाले यसक्षेत्रको गुणस्तरिय विकास निर्माण र लुम्बिनीको पुर्वाधार विकासमा समेत नया योजनाहरु वनाउने अध्यक्ष रायमाझीले जानाकारी दिए ।
निर्माण व्यवसायी मुलुकको आर्थिक सवलिकरणको मेरुदण्ड भएकाले राज्यले यसको व्यवस्थापनमा उचित भुमिका खेल्नुपर्ने आवाज समेत यस साधारण सभाले पारित गर्ने देखिएको निर्माण व्यवसायीहरु वताउछन् ।
यसक्षेत्रको विकासमा उत्कृष्ट भुमि खेलेको यस निर्माण व्यवसायी संघले लुम्बिनीको पुर्वाधार विकास मा समेत अग्रगामी भुमिका खेलेपछि अझ यसको गुणस्तरियतामा ध्यान दिनुपर्ने अवाज यस साधरणले वुलन्द गर्ने अपेक्षा बुद्धिजिविहरुले समेत गरेका छन् ।
साधारण सभामा यस कार्यसमिति निर्वाचन भएर आएको १८ महिने कार्यअवधीमा भएका उपलव्धीकरुको समेत साधारण सभामा पेश गरिने भएको छ ।
कार्यसमितिले सस्थामा आवद्ध सदस्यहरुको व्यवसायी व्यवस्थीत र निरन्तरताका लागी गरेका कामहरुको समेत समिक्षा गर्नुका साथै नया कार्ययोजनाहरु पेश गर्ने वताइएको छ ।
यस कार्यसमितिले आफ्नो कार्यकालमा हाल सम्म नेपाल निर्माण व्यवसायी महासंघको चितवनको बार्षिक साधारण सभामा व्यवसायी हकहितको पक्षमा आवाज उठाउनुका साथै विकास निर्माणको गुणस्तरियताका लागी इञ्जिनियर एसोशियसनको सहकार्यमा संघका सल्लाहकार इञ्जिनियर सागर भुसालको नेतृत्वमा सहभागिता जनाएको थियो ।
निर्माण दिवसको उपलक्ष्यमा सत्यसाइ बृद्धाश्रम वसन्तपुर भैरहवामा रहेका बृद्ध बृद्धालाई खाध्यान्न,लत्ताकपडा र फलफुल वितरण गर्नुका साथै लुम्बिनीरोडमा रहेको सिद्धार्थ वाल अनाथलयमा रहेका अनाथहरुलाई समेत खाध्यान्न सामाग्री वितरण गरेको संघका महासचिव त्रिभुन दत्त मिश्रले जानाकारी दिए ।
शहिद दिवशको उपलक्ष्यमा रक्तदान कार्यक्रम गर्नुका साथै संघले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा लागुऔषद नियन्त्रणका लागी जनचेलनामुलक कार्यक्रम समेत गरेको जनाएको छ ।
संघले जिल्ला दररेट निर्धारण गर्दा प्राविधिक मार्फत जिल्ला दररेट सुधार गराउनुका साथ राजस्व सम्वन्धी तालिमको समेत व्यवस्था गरेको संघका महासचिव मिश्रले वताए ।

अध्यक्ष टोपवहादुर रायमाझी
दुर्घटना पछि सस्थामा थन्किएर वसेको एम्बुलेन्स मर्मत पछि पुन सेवा प्रारम्भ गरेको जानाकारी दिदै लुम्बिनी निर्माण व्यवसायी संघले व्यवसायी दक्षताका लागी विभिन्न कार्यक्रमहरु यस आर्थिक वर्षमा गरेको जनाएको छ ।
सघले आगामी वर्षमा गर्ने कार्ययोजना समेत साधरण सभा वाट पारित गर्ने भएको छ । आगामी वर्षमा लागी संघले अत्याधुनिक भवन निर्माण गर्ने, शहिद परिवारलाई आर्थिक सहयोग उपलव्ध गराउने, शिक्षा वाट वञ्चित रहेका गरिव,निमुखा र दलित परिवारलाई समेत सहयोग पुराउने उद्ध्रेश्य रहेको लुम्बिनी निर्माण व्यवसायी संघकाृ कार्यसमितिले जनाएको छ ।
राज्यले समेत देशको विकास लागी आर्थिक वर्षको अन्त्यमा गर्ने टेँडर समयमा नै गराउनु पर्ने समेत माग रहेको भन्दै लुम्बिनी निर्माण व्यवसायी संघले यो साधरण सभामा आफ्नो आवाज केन्द्रिय अध्यक्षलाई सुनाउने वताएको छ ।
सहुलियत रुपमा निर्माण सामाग्रीको समेत नपाउनु, मदजुरको अभाव र दक्ष प्राविधिकको समस्या हुदा सम्म राज्यको विकास निर्माणमा निर्माण व्यवसायीहरु एक्लै लडिरहेकाले पनि अव सञ्चारकर्मी, राजनितिक नेतृत्व र समाजसेवीले यसको विषयमा बोल्नुपर्ने माग समेत साधारण सभामा राखिने भएको छ ।
विक्रम सम्वत २०५३ सालमा चेतमान श्रेष्ठको नेतृत्वमा स्थापना भएको लुम्बिनी निर्माण व्यवसायी संघमा हाल सम्म २ सय १७ जना निर्माण व्यवसायीहरु आवद्ध रहेका छन् । जसमा “क” बर्गमा २ जना “ख” बर्गमा ८ जना “ग” बर्गमा ३६ जना र “घ” बर्गमा २ सय ३१ जना रहेको सस्थाको रेर्कडमा देखिन्छ ।
नेपाल निर्माण व्यवसायी संघको स्थापना भने विक्रम सम्वत २०४७ साल जेष्ठ २१ गते भएको थियो । स्थापना भएको ७ बर्ष पछि यो सस्था २०५४ सालमा नेपाल निर्माण व्यवसायी महासंघमा रुपान्तर भएको हो । जसमा “क” बर्गमा १ सय ९५ जना “ख” बर्गमा ३ सय ४१ जना “ग” बर्गमा १५ सय ७ जना र “घ” बर्गमा लगभग १५ हजार रहेका छन् ।