logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनी आउने पर्यटकलाई गाईडको आवस्यक


    ११ माघ २०७३ , मंगलबार

    लुम्बिनी आउने पर्यटकलाई गाईडको आवस्यक

    कमल रायमाझी
    भैरहवा,माघ ११ । महामानव गौतम बुद्धको जन्मस्थान लुम्विनीको प्रबेषद्धार सिद्धार्थनगरको सामाजिकक्षेत्रमा कृयाशिल रहेको मर्निङवाक ग्रुपले लुम्बिनीको सन्देश फैलाउन सरकारले पर्यटक गाईडको व्यवस्था गर्नुपर्ने वताएको छ ।
    ग्रुपका अध्यक्ष विजय सागरले नेपाल आउने पर्यटकले सहि सुचना नपाउदा लुम्बिनी कहा पर्छ भन्ने कुरामा पर्यटक दोधारमा परेको वताउदै सरकारले यसको सहि सहजीकरण गर्न नसकेको सुनाउनुभयो ।


    पर्यटन कार्यालय भैरहवाका प्रमुख ख्याम वहादुर थापालाई भेटी मंगलवार मर्निङवाक ग्रुपका अध्यक्ष विजय सागर लगाएतको टोलिले लुम्बिनी पर्यटन प्रर्वधनका लागी पर्यटक गाईडको व्यवस्था गर्न अनुरोध गरेको छ ।
    ग्रुपले भारतिय सिमा नाका सुनौली वाट नेपाल आउने पर्यटकलाई हामी नेपाल र लुम्बिनी प्रवेष गरेयौ भन्ने सुचना बोर्ड र नेपालको झन्डा सिमाक्षेत्रमा अध्यागमन कार्यालयको पेरिफेरीमा राखिदिन समेत आग्रह गरेको हो ।
    सम्भव भए सम्म नेपाल आउने सवै पर्यटकका सवारी साधन प्रवेष संगै पर्यटक गाईड राख्न पर्ने व्यवस्था र त्यो सम्भव नभए सम्म सिमा नाकामा प्रवेष हुनासाथ पाउनाहरुलाई नेपालमा प्रबेष गरेको सुचना दिनुपर्ने व्यवस्था गर्न समेत पर्यटन कार्यालयका प्रमुख थापालाई मर्निङवाक ग्रुपले अनुरोध गरेको थियो ।
    ग्रुपले लुम्बिनीको मायादेवी मन्दिर क्षेत्रमा नेपालकै ठुला झण्डा र बुद्धको कला सस्कृती झल्कीने संरचना तयार गर्न समेत माग गरेको छ ।
    मर्निङवाक ग्रुपले राखेका मागहरु जायज र सरोकारको विषय भएको भन्दै पर्यटन कार्यालय भैरहवाका प्रमुख ख्याम वहादुर थापाले आफुले सक्ने कामहर यसै कार्यालय वाट गर्न तयार रहेको र नसक्ने मागहरु सरकार संग पुराउने वताउनुभएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.