logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    साईग्लोबल कप फागुन १४ बाट


    २३ माघ २०७३ , आइतबार

    साईग्लोबल कप फागुन १४ बाट

    लुम्बिनीखबर
    भैरहवा, माघ २३ । आगामी फागुन १४ गतेदेखि २२ गतेसम्म भैरहवामा वृज सिमेन्ट टि२० क्रिकेट टुर्नामेन्ट हुने भएको छ । साई ग्लोबल एकेडेमी क्लब भैरहवाको आयोजनामा हुन लागेको उक्त टुर्नामेन्टमा १६ वटा कलेजका टिमले भाग लिने कार्यक्रम संयोजक ओम जैसीले जानकारी दिए ।

    प्रतियोगितामा कलेजको तर्फबाट राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुने क्लबका अध्यक्ष समेत रहेका साई ग्लोबल कलेजका एमडी विष्णु पन्थीले बताए ।


    विगत ३ वर्षदेखी आयोजना हुँदै आएको टुर्नामेन्ट स्थानीय सिद्धार्थ रंगशालामा हुने आयोजकले जनाएका छन् ।

    टुर्नामेन्टलाई बुद्ध एब्रोड एजुकेशन कन्सलटेन्सी र सुगम आवास निर्माण सेवाले को–स्पोन्सर गरेको  बुद्ध एब्रोड एजुकेशन कन्सलटेन्सी दिनेश पौडेलले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा आफ्नो संस्थाको सहभागिता रहने जनाए । आसन्न टुर्नामेन्टले क्रिकेट खेलाडीहरुलाई पनि हौसाएको जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.