लोकतन्त्रको आधार सन्चार ः सांसद रज्जाक
भैरहवा, फागुन २५ । नेपाल पत्रकार महासंघ रुपन्देहीको नवनिर्वाचित टिमलाई लुम्बिनीखबर सन्चारगृह प्रा.लि. एवं लुम्बिनीखबर पत्रिकाले एक कार्यक्रमकाबीच भैरहवामा सम्मान गरेको छ ,
प्रा.लि.का अध्यक्ष थानेश्वर पाण्डे (प्रकाश) को सभापतित्व तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं सासंद अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित टिमलाई बधाइ ज्ञापन गर्दै सांसद रज्जाकले लोकतन्त्रको आधार सन्चार भएकोले सन्चारकर्मिहरुले निर्भिकता र स्वतन्त्रतापुर्वक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । सांसद रज्जाकले रुपन्देहीको नवनिर्वाचित टिमले रुपन्देहीको विकास, समृद्धि र आपसी भाइचारा अभिवृद्धिमा एक ढिक्का भएर काम गर्नेमा विश्वास समेत व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले पत्रकारहरु समाजको मार्गदर्शक भएको जनाउदैं समाज रुपान्तरणमा पत्रकारको भूमिका अहं हुने बताए । उनले पत्रकार महासंघ रुपन्देहीको टिमले सन्चार र संस्कृतिमा खेलेको भूमिका प्रशंसनीय भएको जनाए ।
कार्यक्रममा आर्थिक समृद्धिकोलागी पत्रकारहरुले सकारात्मक भूमिका खेल्नुपर्नेमा भैरहवा भन्सार कार्यलयका प्रमुख भुपलराज शाक्यले जनाए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जि.सी.ले पत्रकारको धर्म भनेको समाजलाई सहि मार्गदर्शन भएको जनाउदैं शान्ति र समृद्धिकोलागी रुपन्देहीका सबै पत्रकार एक ढिक्का भएर लाग्ने जनाए ।

सन्चार गृह प्रा.लिका एमडी गोकुल पोखरेलको सन्चालन तथा सम्पादक नरेश के.सीको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी खबर सन्चार गृह प्रा.लिका सल्लाहकार सहप्राध्यापक उमेशचन्द्र रिजाल, महिला अधिकारकर्मि ज्ञानु पौडेल, लुम्बिनी प्रेस क्लबको सचिव सम्झना शर्मा, डब्लु डब्लु जेको अध्यक्ष भगवति पाण्डे, अग्रज पत्रकार चेतन पन्त, प्याब्सन रुपन्देही अध्यक्ष महेश भुर्तेल, प्रेस युनियनको सभापति विक्रम खड्का, प्रेस चौतारी अध्यक्ष अमृत गिरी लगायतले मन्तब्य राख्दै लुम्बिनीखबर पत्रिका तथा लुम्बिनीखबर सन्चार गृह प्रा.लिले पत्रकारहरुमा उत्साह थप्नेगरी गरेको कार्यक्रम प्रशसंनीय भएको बताए । सोही अवसरमा अन्तराष्टिय नारी दिवसको अवसरमा अधिकारकर्मि ज्ञानु पौडेलले सन्चार र संस्कृतिमा नारी सहभागीता विषयमा अवधारणापत्र प्रस्तुत गरेकी थिइन भने लक्ष्मी शर्मा र श्री रायमाझीले टिप्पणी गरेका थिए ।

कार्यक्रममा लुम्बिनी अन्चल प्रहरी प्रमुख एसएसपी दिपक थापा, शसस्त्र प्रहरी सीमा सुरक्षा बल एसपी बेनु प्रसाद पाठक, रासस लुम्बिनी प्रमुख भरत के.सी लगायतको आतिथ्यता रहेको कार्यक्रममा सन्चार र संस्कृतिमा नारीको सहभागीता सम्मानजनक हुनुपर्नेमा जोडि दिइएको थियो ।