logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    उमेर सानो, काम ठूलो


    २९ फाल्गुन २०७३ , आइतबार

    उमेर सानो, काम ठूलो

    कोटिहवा, फागुन २९ । भैरहवा बुटवल सडक खण्डको कोटिहवा स्थित नोबल इन्भारोमेन्ट एकेडेमीका विद्यार्थीहरुले उदाहरणीय काम गरेका छन् ।

    नर्सरी देखि कक्षा २ सम्म अध्ययनरत विद्यार्थीहरुले आईतबार विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रममा विज्ञान तथा हस्तकला प्रदर्शनी गर्दा उपस्थित अभिभावक तथा अतिथि आश्चर्यचकित भए ।  उमेरले अत्यन्तै साना तर उनीहरुको काम अत्यन्तै पाको देखिन्थ्यो ।

     


    साना नानीहरुले आफैले बनाएको डोजर, पानी तान्ने पम्प, रोबर्ट, टेबल पंखा, पोटाटो इलेक्ट्रीकको प्रर्दशनी अत्यन्तै महत्वपूर्ण देखिन्थ्यो । विद्यार्थीहरुको प्रदर्शनीले मुलुकको उज्जवल भविष्यमा थप ईटा थप्ने उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव कमल रायमाझीले बताए ।

     


    विद्यालयद्वारा आयोजित हस्तकला तथा विज्ञान प्रदर्शनीको  उद्घाटन गर्दै प्रमुख अतिथि रायमाझीले उमेरले साना तर कामले अत्यन्तै महत्वपूर्ण र पाका देखिएका विद्यार्थीहरुको उत्साहले मुलुकको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले शान्तिको ज्योति फैलाउने विद्यार्थीहरुले विज्ञान र कलाको प्रस्तुति उत्कृष्ट रहेको बताए ।

    विद्यालय सञ्चालक पूर्ण बहादुर गुरुङको अध्यक्षता, प्राचार्य सुन्दर गुरुङ, पत्रकार नरेश के.सी. लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुद्वारा निर्मित हस्तकला र विज्ञान सामग्रीको प्रर्दशन गरिएको थियो भने कार्यक्रमको संचालन शिक्षक स्मृति गुरुङले गरेकी थिइन् ।


    प्रदर्शनीको विद्यार्थीका अभिभावक, शिक्षक, स्थानीयबासी लगायतले अवलोकन गरेको विद्यालयका शिक्षक खिनु गुरुङले जानकारी दिईन् ।

     

        

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.