लुम्बिनी, चैत १४ । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई सुन्दर र सफा राखौँ, सभ्य नागरिकको परिचय दिऔँ भन्ने नाराका साथ लुम्बिनीलाई केन्द्रबिन्दु बनाई खोलिएको यति डेभलपमेन्ट बैंक लुम्बिनी शाखाले लुम्बिनीको विभिन्न स्थानमा डस्टबिन बितरण गरेको छ ।

“सदैव हातमा पैसा खातामा पैसा” भन्ने कर्मचारीहरु एकताबद्ध भै हातमा कुचो र डस्टबिन बोकी सरसफाइ गर्दै लुम्बिनीको सवारी पार्किङ महिलबार पर्सा पदेरियाकमा रहेको फोहोरलाई सदैब व्यवस्थापन गर्ने उद्देश्यका साथ सोही स्थानमै डस्टबिन खडा गरिएको बैंकका शाखा प्रबन्धक निवेदिता गौतमले बताइन् ।मोफसल को राजधानी मानिने बुटवल जिल्ला सदरमुकाममा शाखा नरहेको तर लुम्बिनीको महिमालाई उजागर गर्दै आफ्नो कारोबार अगाडि बढाएको बैंकले लुम्बिनीको भ्रमण गर्ने आन्तरिक तथा बाहय पर्यटकलाई लुम्बिनी क्षेत्र फोहर नहोस् भन्दै लुम्बिनी शान्त मात्रै होइन सफा पनि छ भन्ने संदेश प्रवाह गर्न कदम चालेको लुम्बिनी विकास कोषका योजना प्रमुख इमान सिह मोक्तानले बताए । यसका साथै लुम्बिनी क्षेत्रको सरसफाईमा सबैले ध्यान दिउन भन्ने सोचका साथ बैकले गरेको कार्य प्रशंसनीय भएको उनले बताए ।
