logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    हरावरा हुदै लुम्बिनी


    ७ जेष्ठ २०७४ , आइतबार

    हरावरा हुदै लुम्बिनी

    कमल रायमाझी
    भैरहवा,बैशाख । महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा हरावरा हुदै गर्दा यहा विभिन्न जातजातीका चराचुरुङगीका साथै जनावरहरुको समेत चरिचरन हुने गरेको छ ।


    बरिपरीको क्षेत्र खुल्ला कृषिक्षेत्र भएकाले पनि लुम्बिनीको भित्री भागमा बनजंगल वढदै जादा जंगली जनावर र चराचुरुङगीको सख्यामा बृद्धी भएको हो ।
    लुम्बिनीमा ३ सय प्रजातीका चराचुरिङगी र विभिन्न जातका बाह«सिंगे जरायो, निलगाई, वनेल र स्यालहरु रहेको लुम्बिनी विकास कोष बनस्पती शाखाले जनाएको छ ।
    गर्मी समयमा समेत लुम्बिनीको भित्रि हरियालीले शितल दिनेगरेको वताउदै लुम्बिनी विकास कोष बनस्पती शाखाले यसको बाहिरी क्षेत्रमा समेत बोट विरुवाहरु रोप्नुपर्ने जनाएको छ ।
    विकास कोषको बनस्पती शाखाले आन्तरिक रुपमा बनजंगलको विकास गर्नका लागी नर्सरीको समेत स्थापना गरेको छ ।
    लगभग ५० जातका १ लाख विरुवा रहेको नर्सरीमा देश विदेशका विरुवाहरु रहेका छन् । जसको संरक्षण गर्नुका साथै मौसम अनुसार लुम्बिनीको क्षेत्र भित्र रोपिने समेत गरिएको लुम्बिनी विकासको बनस्पती शाखा प्रमुख शव्बिर खानले जानाकारी दिए ।
    विगतमा रोपिएका साल, सिसौ,टिक, बास, जामुन, आप , अस्नाहरुले अहिले लुम्बिनीको सुन्दरतालाई उज्यालो वनाएको भन्दै वनस्पती प्रमुख खानले भविष्यमा पनि लुम्बिनीको हरियालीका लागी नया अभियानका साथ अगाडी वढने योजना रहेको वताए ।
    लुम्बिनीमा अहिले समस्या भनेको डडेलो भएकाले पनि यसको समाधान नहुदा सम्म यहा सोचे अनुरुप बोटविरुवा हुर्कान नसकिएको तितो यर्थात रहेको समेत विकास कोषको सुचना शाखाले जनाएको छ ।
    यहा बर्षेनी डडेलो लाग्ने गरेको छ । जसका कारण साना र कमजोर खालका विरुवाहरु मोर्ने गरेका छन् । यसरी बेवारिसे तरिकाले लाग्ने डडेलो को न्युनीकरणका लागी समेत बनस्पती शाखाले फाईरलाईनको व्यवस् ागर्न थप बजेट माग गरेको छ ।


    डडेलो मात्र नभएर लुम्बिनीमा छाडा चौपाया पनि समस्याको रुपमा रहेको छ । स्थानिय जनताका पाल्तु जनावरहरु भैसी, गाई, बाख«ाहरुका कारण समेत लुम्बिनीमा बनक्षेत्र समस्यामा परेकोले यसका दिर्घकालिन समाधान खोज्ने उपाय खोजिरहेको समेत लुम्बिनी विकास कोषले जनाएको छ ।
    समस्याहरु समाधान हुदै गएमा केहि वर्षमा लुम्बिनीले बनक्षेत्रको विकास गर्नुका साथै पर्यटकीय आर्कषण थप्ने समेत अपेक्षा रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.