logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    नारी स्वतन्त्रताको नाममा उत्छृखलता


    २७ जेष्ठ २०७४ , शनिबार

    नारी स्वतन्त्रताको नाममा उत्छृखलता

    लक्ष्मी शर्मा
    भैरहवा,२७ जेठ । नारी स्वतन्त्रताको नाममा उत्छृखल नहुन महिला साहित्यकारहरुले आव्हान गरेका छन् । उनिहरुले पाएको अधिकारहरुलाई समेत दुरुपयोग गर्दा महिला पछाडी परेको भन्दै सकारात्मक सोचका साथ अगाडी वढन सबैमा अनुरोध गरेको हुन ।


    त्रिमूर्ति निकेतन बिश्वनारी नेपाली साहित्य सम्मेलन रुपन्देहीले भैरहवामा राखेको साहित्य सम्मेलनमा बोल्ने बक्ताहरुले नारिले समाज परिवर्तनका लागी सकारात्मक सोच्न आवस्यक रहेको बताए ।
    महिलाहरुको उत्थानका लागी समाज, परिवार र स्कुल कलेजहरुमा पुरुष र महिलाहरु समान हुन भन्ने कुराको शिक्षा दिनुपर्ने कार्यक्रमकी प्रमुख अथिती तथा त्रिमूर्ति निकेतन बिश्वनारी नेपाली साहित्य सम्मेलन लुम्बिनीकी संयोजक तथा साहित्य सम्मेलनकी प्रमुख अथिती मन गैरेले बताईन ।


    महिलाहरुले परिवारका कामहरुमा धेरै व्यस्त हुदा व्यक्तित्व बिकासमा ध्यान नगएकाले पुरुषहरुलाई पनि घरायसी कामहरुमा सहभागी बनाएर संग संगै हिड्नु पर्ने कार्यक्रमकी प्रमुख अथिती गैरेले रचना मार्फत आफ्ना बिचार व्यक्त गरिन ।
    साहित्यकार डा. लक्ष्मी पोखरेलले बालबालिकाका लागी सुरु देखी नै परिवारले प्रोत्साहन दिनुपर्ने बताउदै उनिहरुको व्यक्तित्व बिकासमा अभिभाबकले सहयोग पुराउनु पर्ने बताईन ।
    उनले बालिकाहरुलाई समाजको परम्परा अनुसार आमालाई सघाउनुपर्ने, घरको काम गर्नुपर्ने जस्ता कुराको शिक्षा दिनु भन्दा छोरा छोरि लाई समान व्यवहार देखाउन रचना मार्फत सहभागीलाई सुनाईन ।
    नारायण धर्म सेवा समितिकी अध्यक्ष बिन्देश्वरी श्रेष्ठले धार्मिक प्रवचन र भजन बाट समाज परिबर्तन गर्न सकिने बताउदै महिलाहरुले पुरुषलाई दोष दिनु भन्दा सहकार्यमा अगाडी हिडनु पर्ने भाव गिति कबिता मार्फत व्यक्त गरिन ।
    त्रिमूर्ति निकेतन बिश्वनारी नेपाली साहित्य सम्मेलनकी रुपन्देही अध्यक्ष तथा कार्यक्रमकी अध्यक्ष लक्ष्मी शर्माले महिलाहरुले नै श्रीमानहरुलाई श्रीपेज लगाईदिएर ठुलो बनाएको बताउदै अव त्यो परम्परा तोडेर श्रीमान श्रीमती समान हुन भन्ने आभास समाजमा बुझाउनु पर्ने मन्तव्य व्यक्त गरिन ।


    समाजमा भएका बेथिति, कुरितिहरुलाई चिर्दै नया परिबर्तन गरि आधुनिक परिपाटीको बिकास गर्नु पर्ने बताउदै अध्यक्ष शर्माले अबको समाजलाई नया आयाममा बदल्नु पर्र्ने बताईन ।
    कार्यक्रम भाग लिन बिभिन्न जिल्ला बाट महिला साहित्यकारहरुको भैरहवा आगमन थियो । भैरहवाको होटल रेडसनमा भएको कार्यक्रममा काठमान्डौकी भावना श्रेष्ठ, पाल्पा बाट मञ्जु कोइराला,रुपन्देही बाट मिना श्रेष्ठ, यमुना श्रेष्ठ, राधा ढकाल, गिता पोखरेल, बिष्णु श्रेष्ठ, गंगा जोशी , मिना श्रेष्ठ, सरता कर्माचार्य, गौरी बुढा, बिष्णु पन्थी, सुभद्रा पाण्डे, संगिता श्रेष्ठ , लक्ष्मी चौधरी, कल्पना प्रधान, राधिका खरेल, गिता न्यौपाने, यमकला पाण्डे र गंगा अभिलाशी लगाएतको सहभागिता थियो ।
    लता प्रधानको स्वागत मन्तव्य र साबित्री घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.