logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    एडिबीको रिर्ण लगानी, बालुवामा पानी 


    २ साउन २०७४ , सोमबार

    एडिबीको रिर्ण लगानी, बालुवामा पानी 

    जनतालाई धितोमा राखेर बनाएको ढलले डुबायो भैरहवा

    कमल रायमाझी
    भैरहवा,२ साउन । आधुनिक शहरको परिकल्पनाका साथ सुरु भएको एडिबीको रिर्ण लगानी सिद्धार्थनगरका लागी बालुवामा पानी वरावर भएको छ ।
    एकिकृत शहरी बिकास परियोजना अन्तर्गत डुबान नियन्त्रण लगाएतका योजनाहरु पुरागर्ने लक्ष्य लिएपनि यसले सार्थकता पाउन नसकेको स्थानियहरुले बताउने गरेका छन् ।


    सन २०१२ मा सुरु भै सन २०१७ जुलाई सम्ममा पुरा गर्ने लक्ष्यका साथ भैरहवाका जनतालाई धितो राखेर प्राप्त गरेको करिब डेढ अर्ब एडिबीको क्रर्ण लगानी अहिले बालुवामा पानी बरावर भएको हो ।
    सिद्धानगर नगरपालिकाका प्राबिधिकहरु काम सम्पन्न भएको घोषणको तरखरमा छन् । तर भैरहवा डुबान मुक्त भएन भन्दै जनता गुनासो गर्दै छन् । जनताले तिर्ने सर्तमा लिएको क्रर्ण कहा र कसले कुन प्रयोजनका लागी खर्च गरेयो अहिले प्रश्न चिन्न उठेको नागरिक सरोकारवालाहरु वताएका छन् ।
    डुबान हुदैन भन्दै गर्दा डुवान भयो भन्दै सिद्धार्थनगर वडानम्बर १२ का जनप्रतिनिधि कुमार गुरुङले नगरपालिकाका प्राबिधिकहरु कमाउ धन्दामा लाग्दा नगरपालिकाका लागी आएको बजेट कागजी मिलापत्र गरि व्यक्ति मोटाउने काम भएको आरोप लगाउछन् ।
    हिजो बिभिन्न अन्तक्र्रियामा यही नगरपालिकाका इञ्जिनियरहरुले एडिबीको लगानीले भैरहवा डुबान मुक्त नगर हुन्छ भने अहिले सामान्य बर्षाको लागी मात्र ढल निर्माण गरिएको भन्छन भन्दै जनप्रतिनिधि गुरुङले कमिशनको चक्करमा नगरको लगानी प्राबिधिकको गोजिमा पुगेको बताउछन् ।
    करिब ३० किलोमिटर नाली निर्माण गरिएको यस नगरमा व्यबस्थित र आबस्यक रुपमा ढल निर्माण गर्नु भन्दा झारा टार्ने काम मात्र भएको छ । कतै सानो, कतै बढी चौढा ,कतै बाङ्गो ढल निर्माण गरि डुबानयुक्त नगरपालिकाका इञ्जिनियरहरुले बनाएको आरोप नागरिक मञ्चका अध्यक्ष आन्नद गुप्ताको छ ।
    गल्लामण्डीमा आएर हेर्नुहोस नागबेली देखी भुडीवाल र कमसल निर्माण सामाग्री प्रयोग गरिएको ढल स्पष्ट प्रमाणको रुपमा छ भन्दै नागरिक मञ्चका अध्यक्ष गुप्ताले यो कस्ता प्राबिधिक निर्माण हो । निर्वाचित भएर आएका जनप्रतिनिधिले छानविन गर्नुपर्दछ ।
    सिद्धार्थनगर वडा नम्बर २ का जनप्रतिनिधि दिपुप्रताब शाहीले आफ्नो वडामा भर्खरै सुरुभएको बर्षाले नै डुवान हुदा तनाब बनाएको भन्दै एडिबीको क्रर्ण सहयोगमा बनेका ढलहरु काम नलाग्ने भएको भन्दै नगरपालिकाका प्राबिधिकहरु काम भन्दा कमाउ धन्दामा व्यस्त रहेको बताए ।


    भैरहवा बिएमजीका संस्थापक अध्यक्ष तथा समाजसेवी बिजय सागरले भबिष्यलाई नसोचि बनाएको अहिलेको नहरले भैरहवालाई डुवान मुक्त बनाउन नसक्ने भन्दै नया आएका जनप्रतिनिधिले यसको बैज्ञानिक मापन गरि पुर्ननिर्माणमा ध्यान दिन सुझाब दिए ।
    दिर्घकालिन सोचका साथ नगरको बिकासमा ध्यान दिन समेत सुझाव दिदै भैरहवा बिएमजीका संस्थापक अध्यक्ष तथा समाजसेवी बिजय सागरले नमुना शहरको रुपमा सिद्धार्थनगरलाई उभ्याउन जनप्रतिनिधिलाई अनुरोध गरे ।
    हिजो एकिकृत शहरी बिकास परियोजनाका कामहरु सम्पन्न भएपछि भैरहवामा डुबान नहुने ठकुवा गरेका इञ्जिनियरहरु अहिले कुरा बदल्न थालेका छन् । उनिहरुले बर्षमा आउने ठुला र मुसलधारे पानी रोक्ने परियोजनाका ढलहरु निर्माण नगरिएको भन्दै डुवान हुने परासी लगाएतका तराईका क्षेत्रलाई हेरेर चित्त बुझाउनुपर्ने परियोजनाका प्राबिधिकहरु बताउछन् ।
    यहाँहरुले काम सम्पन्न गरेको निर्णय गदै गर्दा सुरु भएको मनसुनले नै भैरहवा डुबान भयो नि भन्ने लुम्बिनीखवरको प्रश्नमा नगरपालिकाका बरिष्ठ इञ्जिनियर शैलेन्द्र कुमार श्रेष्ठले बनाईएका ढलहरुले ठुला बर्षाहरुलाई थेग्न नसक्ने भन्दै लामो समय डुबान नहुने तर्क गरे ।
    उनले हामीले बनाएका ढलहरु साना र सामान्य बर्षाका लागी हो भन्दै ठुला बर्षाहरु हुदा डुबानहुने तर यो नियन्त्रण गर्न नसकिने बताए ।
    प्रारम्भिक बर्षाका हुदाँ नै अहिले भैरहवाको शान्तिनगर, पक्लिहवा, गल्लामण्डी, आखा हस्पिटल लाईन, जनकपथ डुबानमा परेको थियो ।
    भर्खरै निर्वाचित भएर आएका सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले नगरपालिका क्षेत्रमा रहेका समास्याहरुको परिचान गर्ने कार्य सुरु गरिएको बताँउदै अबको बिकास निर्माणमा जनताको रोहवरमा अगाडी बढने बताए ।
    उनले नगरपालिकाको आन्तरिक क्षमताले भ्याएसम्म योजनाहरु तयार पारिने र सम्भव नभएपनि बाहिर बाट प्राबिधिक ल्याएरपनि नगरको बिकासलाई अगाडी बढाउने काममा आफु लागिरहेको जानाकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.