कमल रायमाझी
भैरहवा,१९ साउन । पैदलमार्ग हुदै सवै भन्दा धेरै पर्यटक नेपाल भित्रिने बेलहिया नाका बाट आर्थिक बर्ष २०७३।०७४ मा पर्यटक आगमनमा बृद्धि भएको छ ।
यो आर्थिक बर्षमा अघिल्लो आर्थिक बर्ष भन्दा ३३ हजार ३ सय ६३ बढी पर्यटक नेपाल आएका हुन ।
आर्थिक बर्ष २०७३।०७४ मा १ लाख ५७ हजार ८ सय ४५ पर्यटक नेपाल भित्रिएका छन् भने अघिल्लो आर्थिक बर्ष २०७२ । ०७३ मा १ लाख २४ हजार ४ सय ८२ पर्यटकको आगमन यो नाका बाट भएको अध्यागमन कार्यालय बेलहियाको रेकर्डमा देखिन्छ ।
आर्थिक बर्ष २०७३।०७४ मा अध्यागमन कार्यालय बेलहियाले १० करोड ८७ लाख ४ हजार ८ सय ७१ रुपैया राजस्व पनि असुली गरेको छ । यो राजस्व पर्यटक आगमन दस्तुर र जरिवाना शुल्क वाट उठेको हो । जुन अघिल्लो आर्थिक बर्ष भन्दा २ करोड ७ लाख ८७ हजार ९ सय ६१ बढी हो ।
बेलहिया नाका बाट आर्थिक बर्ष २०७३।०७४ सवैभन्दा धेरै श्रीलंकन पर्यटक आएका छन् जसको सख्या ५८ हजार ९ सय ४८ रहेको छ । दोस्रोमा थाई पर्यटक ३३ हजार ४ सय १२, तेस्रोमा म्यानमार २८ हजार ९ सय ५८, चौथोमा चिनिया ५८ हजार ४ सय १० र पाचौमा कोरियन ५१ सय ८० जना नेपाल आएको अध्यागमन कार्यालय बेलहियाको सुचना शाखाले जानाकारी दिएको छ ।
आर्थिक बर्र्ष २०७३।०७४ बेलहिया नाका हुदै बिदेशी पर्यटक १ करोड ४७ लाख ६ सय ३१ जना भारत तिर प्रस्तान गरेका छन् । जुन अघिल्लो आर्थिक बर्ष भन्दा २७ हजार ५ सय ३ जना बढी भएको अध्यागमन कार्यालय बेलहियाका कार्यालय प्रमुख आनन्द पौडेलले जानाकारी दिनुभएको छ ।
उहाँले बेलहिया नाका हुदै नेपाल आउने प्राय पर्यटक लुम्बिनीका लागी आउने बुद्धिष्ट समुदायका हुने र उनिहरु लुम्बिनीको दर्शन पछि पुन भारत नै फर्किने गरेको बताउनुभयो । केहि पर्यटक हरु नेपालका अन्य क्षेत्र पोखरा, चितवन, पाल्पा र राजधानी सम्म जाने गरेको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ ।
भारतिय पर्यटकहरु पनि नेपालमा अध्याधिक मात्रामा आउने गरेका छन् । जसको रेर्कड अध्यागमन कार्यालयले राख्ने गरेको छैन ।