logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    खेलाडीलाई सम्मान


    १६ कार्तिक २०७४ , बिहिबार

    खेलाडीलाई सम्मान

    लुम्बिनीखबर
    भैरहवा, १५ कार्तिक । थाइल्याण्डमा सम्पन्न सातौं तिराक अन्तर्रा्ष्ट्रिय तेक्वान्दो प्रतियोगितामा–२०१७ मा सहभागी भइ पदक प्राप्त गर्न सफल भैरहवाका प्रशिक्षक तथा खेलाडीहरुलाई सम्मान गरिएको छ ।

     

     

    प्रतियोगितामा खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शन गर्न प्रशिक्षण दिने रुपन्देही खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक प्रकाश मान राजभण्डारी, स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी अजित गुप्ता तेली र कास्य पदक प्राप्त गर्न सफल खेलाडी आर्यन पौडेल सम्मानित भएका हुन ।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिद्धार्थनगरले एक कार्यक्रमका बीच उनीहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले तेक्वान्दो खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी पदक प्राप्त गरेर सिंगो मुलुकको गरिमा उच्च राखेको बताए ।

    त्यस्तै रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, जिल्ला तेक्वान्दो विकास समिति रुपन्देहीका संस्थापक अध्यक्ष सञ्जय वजिमय, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगम सिंह थापा, जिल्ला तेक्वान्दो संघ रुपन्देहीका अध्यक्ष दिपेन्द्र बुढाप्रिती लगायतले बोल्दै तेक्वान्दो खेलको विकासको लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्ने बताए । उनीहरुले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिएर खेलाडीको क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए ।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिद्धार्थनगरका कार्यवाहक अध्यक्ष दीपक न्यौपानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष शोभा गुरुङ्गको संयोजकत्व तथा सचिव दीपक भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.