logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    काशीको रिजल्ट शतप्रतिशत राम्रो


    १३ असार २०७५ , बुधबार

    काशीको रिजल्ट शतप्रतिशत राम्रो

    लुम्बिनीखवर बिशेस व्युरो
    भैरहवा । यस बर्षको एसईई परिक्षामा काशी नोबल एकेडेमीले उकृष्ट जिपीए सहित शत प्रतिशत बिद्यार्थी उत्तिर्ण गराउन सपmल भएको छ । काशीमा यस बर्ष ८८ जना बिद्यार्थी परिक्षामा सहभागी भएका थिए । सहभागी बिद्यार्थी मध्ये अपार गुरुङ, राहुल शर्माले ३.८५ जिपिए ल्याएका छन । त्यसैगरी ३.६ जिपिए भन्दा माथी ७ जना , ३.२ भन्दा माथी २५ जना २.८ भन्दा माथी ३४ जना , २.४ भन्दा १७ जना र २ जिपिए ५ जना रहेका छन ।


    काशी नोबल बिगत देखी बर्तमान सम्म 
    २०५२ सालमा ३६ जना बिद्यार्थी र ४ जना शिक्षक शिक्षिका बाट स्थापना भएको काशी नोबल एकेडेमी अहिले रुपन्देहीकै उकृष्ट बिद्यालय मध्यमा पर्न आउछ । हाल उक्त बिद्यालयमा १४ सय भन्दा बढी बिद्यार्थी गरिरहेका छन भने ६० जना शिक्षक शिक्षिका र २५ जना कर्मचारी रहेका छन । २०६३ साल बाट बिद्यार्थीलाई एसएलसिमा सहभागी गराएको बिद्यालयले हरेक बर्ष शत प्रतिशत बिद्यार्थी उत्तिर्ण गराउन सपmल भएको छ । काशी नोबलले गएको बर्ष बाट प्लस टु कक्षा पनि सँचालनमा ल्याएको बिद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले जानकारी दिए । १५ जना सँचालक रहेको बिद्यालयको सुबिधा सँम्पन्न पाँच तले आपmनै भवन रहेको छ भने प्लस टु ब्यबस्थापन बिषयका लागी पाँत तले छुटै भवन निर्माण भईरहेको छ । बाल मैत्री बातावरण बिद्यार्थी केद्रित र अनुशासन लाई बिषेश प्राथमिकताका साथ गराउने शैली बाट पनि पछिल्लो समय धेरै अभिवावकको रोजाई काशी नोबल पर्न गएको छ ।

    मणिराम भटराई ,अध्यक्ष
    बिद्यालय सँचालक समिती
    भैरहवामा एसईई अध्ययन पुरा गरे पछि प्लस टु र उच्च शिक्षा अध्ययन गर्न भैरहवा छाडेर अन्यत्र जाने प्रबृति बिगत देखी निकै बढेको छ । त्यसलाई रोक्नु पनि हाम्रो उदेश्य हो । काशी नोबलको भबिश्य निकै उज्जवल छ । टिम वर्कमा काम गरिरहेका छौ । बिद्यालयका शिक्षक शिक्षिका निकै अनुभबी छन । बिद्यालयको सँचालक टिम राम्रो भए पछि अगाडी बढन सपmल भईन्छ । बिद्यालयको शिक्षाको गुणस्तर कायम गर्न देखी भौतिक पूर्वाधारमा निकै ध्यान दिएका छौ । भबिश्यमा प्लस टु मा बिज्ञान र बिबिए सुरु गर्नै योजनका साथ अगाडी बढाएका छौ ।

    शिक्षाको गुणस्तरमा निकै ध्यान दिएका छौ
    राजेन्द्र घिमिरे
    प्राचार्य 
    अभिवावक, शुभचिन्तकको माया सदभाब ले काशी नोबल आज यहा सँम्म आईपुगेको छ । हामी अझै अगाडी बढनु छ । शिक्षामा आमुल परिवर्तन र गुणस्तरिय अनुशासित शिक्षा आजको आवश्यकता हो त्यसका लागी हामी योजनाका साथ अगाडी बढदै छौ । अध्ययनका अलावा हामीले बिद्यार्थीलाई अन्य अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउदै आएका छौ । अन्तराष्ट्रिय क्रिकेट खेलाडी अन्तिम थापालाई क्रिकेट प्रशिक्षकको रुपमा राखेका छौ । त्यसका साथै तेक्वान्दो नृत्य जस्ता अन्य क्रियाकलापमा पनि सहभागी गराउदै आएका छौ । ४ वटा ठुला बस मापर्mत बिद्यार्थीलाई आवत जावतमा सहज बनाएका छौ ।

    श्री रायमाझी
    निर्दैशक
    गत बर्ष देखी ब्यबस्थापन सँकायमा कक्षा ११ सँचालन गरेका छौ । जिल्लाकै उकृष्ट शिक्षक शिक्षिकाद्धारा बिद्यार्थीलाई सहज र सरल तरिकाले अध्ययनमा जोड दिएका छौ । साथै २०६३ साल देखी एसएलसिममा उकृष्ट नतिजा ल्याउन सपmल काशी नोबलले कक्षा ११ र १२ मा पनि सोही अनुरुपको नतिजा ल्याउन अध्ययन अध्यापनलाई अगाडी बढाएका छौ । बिद्यार्थीलाई उद्योगपति, बैकर, सिए आदि बाट समय समयमा तालिम तथा अन्तरक्रिया पनि दिदै आएकका छौ । अब चाडैनै बिद्यालयमा बातानुकुलित कक्षा कोठाको ब्यबस्था गरी बिद्यार्थीको पठन पाठन को पनि ब्यबस्था गर्नै योजनामा छौ । गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृतिको ब्यबस्था गरी उनिहरुको भबिश्य सुनिश्चित गरेका छौ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.