लुम्बिनीखवर व्यरो
भैरहवा । जिल्लामा ऐतिहासिक महत्व बोकेको भैरहवाको सि.बि. पब्लिक हाई स्कुल पुरानो र गुणस्तरिय शिक्षा प्रदान गर्ने बिद्यालय हो । स्कुलले यस बर्षको एसईई परिक्षामा सहभागी सबै बिद्यार्थी लाई उकृष्ट जिपिए सहित उत्तिर्ण गराउन सपmल भएको छ । परिक्षामा सहभागी १६ जना बिद्यार्थी मध्ये ३.२ जिपिए सहित मेनुका रेग्मी बिद्यालयमा उकृष्ट भएकी छिन । त्यसैगरी ३ जिपिए भन्दा माथी ५ जना २.४ देखी २.८ सम्म ९ जना र २ जिपिए ल्याएर २ जना उत्तिर्ण भएका छन । बिगतका बर्षहरुमा पनि स्कुलले एसएलसीमा उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।

सि.बि.पब्लिक ईतिहास देखी बर्तमान सम्म
बाहिर बाट झट्ट हेर्दा सामान्य लाग्ने सि.बि. पब्लिक अध्ययन अध्यापनमा अब्बल छ भन्ने प्रमाण त्यहा अध्ययनरत बिद्यार्थीले ल्याउने गरेको सपmलता बाट स्पष्ट हुन्छ । सि.बि. पब्लिकमा अन्य बिद्यालयमा जस्तो तामझाम र तडक भडक देखिदैन । तर पनि बिद्यालयले बिद्यार्थीको भबिश्य सुनिश्चित गर्न अध्ययन अध्यापनलाई निकै ध्यान दिएका कारण बिद्यालयको रिजल्ट उकृष्ट आउने गरेको छ ।
आज भन्दा २२ बर्ष चन्द्र बहादुर क्षेत्रीको सँम्झनामा शर्मिष्ठा पन्तले स्थापना उक्त बिद्यालय स्थापनाकालमा १ जना मात्र बिद्यार्थी थिए, शुशिल ज्ञवाली । अहिले उनि एमबिबिएस डाक्टर भैसकेका छन । २०५३ सालमा स्थापना भएको बिद्यालय २०५९ सालमा माबी भएको थियो । २०६५ सालमा एसएलसी परिक्षामा सहभागाी सबै बिद्यार्थी उत्तिर्ण भएको थिए । उक्त बिद्यालयमा अध्ययनरत शुशिला ज्ञवाली, हिमाल पन्थ, शुशिल ज्ञवाली र सरस्वती भट्टराईले एसएलसीमा उकृष्ट अक सहित उत्तिर्ण भएर एमबिबिएसमा १०० प्रतिशत छात्रबृती पाएर अध्ययन गर्नै अवसर पाएका छन । उनिहरु अहिले डाक्टर भैसकेका छन । भौतिक रुपमा अगाडी आउन नसके पनि शिक्षा क्षेत्रमा सि.बि. पब्लिकले उल्लेखनिय योगदान दिएको शिक्षाबिद बताउछन । एक जना बिद्यार्थी बाट सुरु भएको बिद्यालयमा हाल ४ सय ३८ बिद्यार्थी २३ जना शिक्षक शिक्षिका र ५ जना कर्मचारी रहेका छन ।

अनुशासित बिद्यार्थी आजको आश्यकता
लेखनाथ भण्डारी (लक्ष्मण)
अध्यक्ष
बिद्यालयको भौतिक संरचना बढाउन लागेका छौ । हाम्रो मुख्य उदेश्यनै गुणस्तरिय शिक्षा प्रदान गर्नु हो । सि.बि.पब्लिकले भविश्यमा प्रबिधिमा आधारित शिक्षामा जोड दिने योजनाका साथ अगाडी बढेका छौ । सरकारको शिक्षा निति स्पष्ट नहुदा धेरै समस्याहरु देखा परेका छन । ति समस्या प्रति सरकार गम्भिर बन्न जरुरी छ । सि.बि. पब्लिकले स्थापनाकाल देखीनै बिद्यार्थीको अनुशासन प्रति सचेत छ । बिद्यार्थी अनुशासित भएनन भने गुणस्तरिय शिक्षा दिन सक्दैनौ । अर्काै अभिवावक पनि आपmना छोरा छोरी प्रति सचेत हुन जरुरी छ । १० कक्षा उत्तिर्ण गरे पछि भैरहवाका बिद्यार्थी अन्यत्र जाने पmेशननै भएको छ । यस तपर्m अभिवावक बढी गम्भिर बन्न जरुरी छ । अन्य ठाँउमा हुने सबै बिषयका पढाई अब भैरहवामै हुने कुरामा सबै समुदायले बुझन जरुरी छ । जुन कुरा आपmनै स्थानमा पाईन्छ त्यस लाई छाडेर अन्यत्र जानु अभिवावकमाथी आर्थिक बोझ थपिनु हो । यो कुरमा सबैले चिन्तन मनन गर्नु जरुरी छ ।

बिद्यार्थीको अध्ययनप्रति गम्भिर छौ
उदय कुमार मल्लिक, प्रिन्सिपल
बिद्यालय स्थापना भए देखीनै हामीले बिद्यार्थीको अध्ययनलाई निकै ध्यान दियौ । त्यसैको कारणनै हो लगातार ४ बर्ष उकृष्ट अंकका साथ ४ जना बिद्यार्थी एमबिबिएस अध्ययनका लागी १०० प्रतिशत छात्रबृति पाए । बिद्यालयका शिक्षक शिक्षिका र कर्मचारीको सेवा सुबिधा प्रति पनि चिन्तित छौ । थोरै भए पनि सञ्चयकोषको ब्यबस्था गरेका छौ । भबिश्यमा चाडैनै जग्गा लिएर सुबिधा सँम्पन्न बिद्यालय भवन निर्माण गर्नै अभियानमा छौ । यस बर्षको एसईई परिक्षाको नतिजामा गरिएको लापरबाहीले बिद्यार्थीको भबिश्य माथी ठुलो खेलवाड गरिएको छ । यस्तो कार्य जिम्मेवार निकाय बाट हुनु एकदम दुःखद पक्ष हो । हाम्रो बिद्यालयका केही बिद्यार्थीको नतिजा माथी पनि खेलवाड गरिएको छ । भबिश्यमा यस्तो गल्ती हुन नदिन समयमै सम्बधित निकाय गम्भिर बन्न जरुरी छ । सि.बि. पब्लिक निरन्तर शिक्षा र बिद्यार्थीहरुको जिन्दगी प्रति सचेत रहेको छ । समाज र स्थानिय सरोकारका बिषयमा समेत सहकार्य गर्दै हामी अगाडी बढिरहेका छौ ।