logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मारबाडीहरु सामाजिक कार्यमा सक्रिय


    ९ साउन २०७५ , बुधबार

    मारबाडीहरु सामाजिक कार्यमा सक्रिय

    लुम्बिनीखबर

    भैरहवा, साउन ९ । मारबाडी सेवा संघ भैरहवाको १५ औं अधिवेसन सम्पन्न भएको छ । अधिवेसन तथा साधरणसभाले उद्योगपति हेमन्त कुमार अग्रवाललाई अध्यक्षमा चयन गरेको छ । अध्यक्षमा चयन भएका हेमन्त एन पी ग्रुपका निर्देशक समेत हुन् । यसैगरी उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका छन् । उनी सिद्धार्थ ग्रुपका अध्यक्ष हुन् ।

    यसैगरी संघको कोषाध्यक्षमा श्रवण कुमार बेरिवाल, महासचिवमा अरुण कुमार अग्रवाल र सचिवमा शिवरत्न डागा चयन भएको छन् । संघको कार्यकारणी सदस्यहरुमा अरुण कुमार गोयन्का, मोहनलाल डागां, सुनिल बैद्य, रवि पारिख, प्रकाशचन्द्र अग्रवाल, मनिष रुंगाटा, राजिव बेरिवाल, क्रृषी अग्रवाल, र रामअवतार शर्मा चयन भएका छन् ।

    यसैगरी संघको सल्लाहकारमा नारयण प्रसाद अग्रवाल, नन्दलाल गोयन्का, डा. पवन गर्ग, क्रृषीकेश अग्रवाल , श्रीचन्द गोयन्का, रामगोपाल नागुरी र अशोक बोखर चयन भएका छन् ।

    संघका अध्यक्ष गोविन्द प्रसाद गोयन्काको सभापतित्वमा सन्पन्न अधिवेसन तथा साधरण सभामा प्रमुख अतिथी बरिष्ठ समाजसेवी नन्दलाल गोयन्काले सामाजिक क्षेत्रमा सक्रियतापुर्वक लागीरहेको र जीवनपर्यन्त लागीरहने बताए । उक्त कार्यक्रमका विशिष्ट अतिथी सिनपाका मेयर हरिप्रसाद अधिकारीले मारबाडी समुदायले सामाजिक क्षेत्रमा खेलेको भूमिका प्रशसनीय भएको बताए । कार्यक्रममा अध्यक्ष गोविन्द गोयन्का, नथमल गिनीयादेवी अग्रवालका अध्यक्ष नारायण प्रसाद अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवाल, मारबाडी सेवा संघका उपाध्यक्ष वृजेश अग्रवाल, मारबाडी महिला मन्चका अध्यक्ष सरोजादेवी अग्रवाल, मारबाडी युवा मन्चका अध्यक्ष मनोज अग्रवाल लगायतको आतिथ्यता रहेको थियो ।

    मारवाडी समुदाय भन्नाले नाफामूखी व्यवसायमा संलग्न उद्योगपति तथा व्यवसायीक घरना भनेर बुझिन्छ । तर भैरहवामा दशकौंदेखी मारबाडी समुदाय शैक्षिक तथा अन्य सामाजिक गतिविधीमा संलग्न छन् । मारवाडी सेवा संघ , मारबाडी महिला मन्च, मारबाडी युवा मन्च मार्फत संस्थागत रुपमा सामाजिक कार्यमा सक्रिय हुदैं आएको छन् । मारवाडी सेवा संघ मार्फत भैरहवामा धर्मशालामा सन्चालनमा छ । ठाउ ठाउमा गौशलाकोलागी मुख्य काम गरिरहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.