लुम्बिनीखबर
भैरहवा, ९ असोज । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले भारतको कोलकत्तास्थित मौलाना अब्दुल कलाम आजाद युनिभर्सिटी अफ टेक्नोलोजीबाट सम्बन्धन प्राप्त हेरिटेज विजनेस स्कुलसँग सहकार्य गर्ने भएको छ ।

मंगलवार भैरहवामा प्रतिमान–नीमा स्मृति प्रतिष्ठान र हेरिटेज विजनेस स्कुल बिच समझदारीपत्रमा हस्ताक्षर गर्दै दुबै संस्थाका प्रतिनिधिहरुले सहकार्यलाई जोड दिएका छन् । उक्त पत्रमा प्रतिष्ठानकोतर्फबाट अध्यक्ष विजया केसी र हेरिटेज विजनेश स्कुलका डिन प्राध्यापक डा.अनुप के सिन्हाले हस्ताक्षर गर्नुभएको छ ।
शैक्षिक, अनुसन्धान र सामुदायिक क्रियाकलापमा केन्द्रित प्रतिमान–नीमा स्मृति प्रतिष्ठान र उच्च शिक्षामा युवापुस्तालाई नेतृत्व विकास, र उद्यमी बनाउन विशेष योगदान गर्दै आएको हेरिटेज विजनेस स्कुल बिचको सहकार्य गर्ने सहमती भएको हो ।

सहकार्य पछि महिला स्वास्थ्य, सीप विकासमूलक कार्यक्रम, बजार व्यवस्थापन, आयआर्जन, विद्यार्थी आदानप्रदान (नेपालका विद्यार्थी त्यहाँ अध्ययन भ्रमणमा जाने र त्यहाँका यहाँ अध्ययन भ्रमणमा आउने) परिपाटीको बिकास हुने दुबै संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।
यस सहकार्यले प्रदेश पाँचका १२ वटा जिल्लाहरुमा दुबै प्रतिष्ठान र स्कुलका योजनाहरु पुर्याउने लक्ष्य लिएका रहेको हस्ताक्षर कार्यक्रममा बताईएको छ ।
कार्यक्रममा प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले कार्यक्रमको औचित्य, उद्देश्य र संस्थाले विगतमा गरेका कार्य र आगामी योजनाबारे प्रकाश पार्नुभयो ।
सो अवसरमा उहाँले नीति निर्माण गर्नका लागि प्रतिष्ठान अन्तर्गत रहेको लुम्बिनी सेन्टर फर सस्टेनिविलिटी मार्फत् बौद्धिक समुदायलाई समेटेर छलफल र अन्तरक्रियाबाट निस्कने निचोडलाई स्थानीय सरकार र प्रदेश सरकारको नीतिहरुमा समावेश गर्न पहल गर्दै आएको बताउनुभयो ।
सोही कार्यक्रममा हेरिटेज विजनेस स्कुलका एशोसियट प्रोफेसर रिमु चौधुरीले हेरिटेज स्कुलको परिचय माथी प्रकास पार्दै महिला स्वास्थ्य शिक्षा र उद्यमशिल कार्यक्रमहरुको योजना छनौट गरी स्थानीय स्तरमा कार्यक्रम गर्दै जाने जानकारी गराउनु भयो ।

सोही अवसरमा सामाजिक विकास मन्त्रालयका सह सचिव डा. विनोद गिरीले प्रतिष्ठानले गरेका कार्यको उच्च मुल्यांकन गर्दै दुई संस्था विच भएको समजदारी प्रति शुभकामना व्याक्त गर्नु भयो ।
उक्त कार्यक्रममा हेरिटेज विजनेस स्कुलका प्राध्यापक डा.अनुप के. सिन्हाले अनुभवी शिक्षा तथा उद्यमशिलता विकासका साथ, साथै विद्यार्थि एक्सपोजर भ्रमण बारेमा प्रकास पर्नु भयो । सोही क्रममा स्थानीय स्तरमा रहेका जनताको आय आर्जनमा वुद्धी गर्न स्थानीय स्तरमा रहेका बस्तुको दिगो विकास गरी स्वरोजगार हुने वताउनु भयो ।
संस्थाका अध्यक्ष विजया के.सी.ले सोही कार्यक्रममा यी यस्ता कार्यक्रमहरु प्रतिमान नीमा स्मृती प्रतिष्ठानका लागी मात्र नभएर प्रदेश नं.५ को समग्र विकासका लागी स्थानीय स्तरमा रहेका संघ,संस्था र शैक्षिक संस्थाहरु संग सहकार्य र हातेमालो गर्दै अगाडी वढने प्रतिवद्धता जाहेर गर्नु भयो ।

सहकार्यले गर्दा दुबै देशका बिद्यार्थीहरुले एकअर्कालाई सहयोग तथा शिक्षा आदान प्रदानमा सहयोग पुग्ने प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका प्रबन्धक निर्देशक धर्म के.सीले बताउनुभयो ।