logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    काशीमा स्वागत


    २३ मंसिर २०७५ , आइतबार

    काशीमा स्वागत

    लुम्बिनीखबर
    भैरहवा, मंसिर । भैरहवामा रहेको काशी नोबल एकेडेमी सिद्धार्थनगरमा नयां विद्यार्थिलाई एक कार्यक्रम गरी स्वागत गरिएको छ ।

    कक्षा १२ का विद्यार्थीद्धारा नव आगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका हुन् । कक्षा १२ की विद्यार्थी सिप्रा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले पढाईको महत्वको बारेमा चर्चा गरेका थिए ।
    उनले नयां आगन्तुक विद्यार्थीलाई पुराना विद्यार्थीले सहि मार्ग निर्देश गर्नुपर्ने पनि बताए ।
    सो अवसरमा सहप्राचार्य श्री रायमाझी,मावि इन्चार्ज तेज प्रसाद पन्थ,विद्यालय संयोजक निर्मल हुमागाई,हरि आचार्य ,विद्यार्थी सुशान्त श्रेष्ठ,आश्विन रेग्मी लगायतले बोलेका थिए ।
    विद्यार्थी सुविधा पन्तको स्वागतमा भएको कार्यक्रममा चिना छम्तेलले सन्चालन गरेका थिए ।
    सो कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरुबाट नाचगान प्रस्तुत गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.