logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    ‘जीवन काँडा कि फूल’ कृतिमा चलचित्र निर्माण


    २८ मंसिर २०७५ , शुक्रबार

    ‘जीवन काँडा कि फूल’ कृतिमा चलचित्र निर्माण

    साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ ।


    विनोद विष्टले निर्माण गर्नुभएको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उहाँले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने बताइएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्टले छ वर्षको समयावधि लगाएर अनुसन्धान गरी सम्पन्न गरिएको चलचित्र निर्माण लागत रु ६५ लाख रहेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घ काठमाडौँका सभापति सन्तराम बिंडारीले जीवन्त कथा वस्तुमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै घिमिरेको जीवन सङ्घर्ष धेरैका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
    चलचित्र निर्माता सङ्घका अध्यक्ष एवं सिने निर्देशक आकाश अधिकारीले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश दिएकी घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पु¥याउने बताउँदै चलचित्रको सङ्क्षिप्त कथा वस्तुलाई आफूले अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कलाकार मोहन निरौला, सङ्गीतकार राजु सिंहलगायतले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि नेपाली साहित्यको विकासमा योगदान पु¥याएको बताउनुभयो ।चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारले अभिनय गर्नुभएको छ भने गायिका जुनु गौतमले गीत गाउनुभएको छ । oSnepal

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.