logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सरकारले प्राज्ञ सभालाई पुर्णता दियो


    ३ पौस २०७५ , मंगलबार

    सरकारले प्राज्ञ सभालाई पुर्णता दियो

    भैरहवाका प्रा.डा. लामिछाने सदस्य नियुक्त

    लुम्बिनीखबर

    भैरहवा, पौष ३ । सरकारले आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पदाधिकारी सहित सदस्य नियुक्त गरेर प्राज्ञ परिषद र सभालाइ पुर्णता दिएकोछ । गत असोजमा नै गंगाप्रसाद उप्रेती कुलपति र डा. जगत उपाध्याय सदस्यसचिव नियुक्त भई सकेका थिए । प्रतिष्ठानको उपकुलपतिमा डा. जगमान गुरुङलाई नियुक्त गरेको छ ।

    यसैगरी प्राज्ञ परिषद सदस्यमा प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपिन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल नियुक्त भएका छन ्। पन्त र ठाकुर दोहोरिएका हुन्।

    यसैगरी २४ सदस्यीय प्राज्ञसभा सदस्यमा प्रा.डा कपिलदेव लामिछाने, शशी लिम्बु, हरिप्रसाद तिमिल्सीना, रामकुमार श्रेष्ठ, प्रा.डा खेम कोइराला, आरडी प्रभास चटौत, विवश पोखरेल, धुब्र मधुकर्मि, रमा शर्मा, रामबाबु सुवेदी, डा.रजनी ढकाल, डा. गिता त्रिपाठी, लक्ष्मी उप्रेती नियुक्त भएका छन् । यसैगरी डा. विणा सिन्हा, महेश्वर राय, हरिश्चन्द्र लावती, गोविन्द आचर्य, सुभद्रा भट्टराई, डा. हरिदत्त पाण्डे, डा. विजयकुमार दत्त, सुर्य खड्का, प्रा.डा गोपालप्रसाद पोखरेल, प्रा. केशब सुवेदी र नन्दु प्रसाद उप्रेती प्राज्ञ सभा सदस्यमा नियक्त भएको सरकारले जनाएको छ । परिषद्का पदाधिकारीलगायत प्राज्ञसभा गठन संस्कृतिमन्त्रीको अध्यक्षतामा दुई विज्ञ सम्मिलित समितिको सिफारिसमा प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्रीबाट हुने व्यवस्था छ ।

    सरकारले गठन गरेको प्राज्ञ सभा सदस्य नियुक्त लामिछाने भैरहवा बहुमुखी क्याम्पसका पुर्व प्रमुख हुन् । सिद्धार्थ साहित्य परिषदका पुर्व अध्यक्ष समेत रहेका लामिछाने प्रश्रित प्रतिष्ठानका अध्यक्ष हुन् भने उनी कथा, कविता र समालोचनाका क्षेत्रका विज्ञ समेत हुन् । बाल साहित्य र लोकवार्तामा विशेष दख्खल राख्ने लामिछाने प्राज्ञ सभा सदस्य नियुक्त भएकोमा भैरहवाबासीले खुसी प्रकट गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.