भैरहवा , पुस
काशी नोबल एकेडेमी सिद्धार्थनगरले अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई आज विद्यालयमा सम्मान गरेको छ । विद्यालयका प्राचार्य राजेन्द्र घिमिरे,सहप्राचार्य श्री रायमाझी लगायतले खादा माला सहित मायाको चिनोले सम्मान गर्नुभएको थियो ।

सो अवसरमा शिक्षक, विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले खेलाडी गौचनले अनुभव सहित प्रशिक्षणमुलक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । १ दिने प्रशिक्षण कार्यक्रममा कक्षा
१ देखि १२ कक्षा सम्मका एक हजार विद्यार्थीलाई सो प्रशिक्षण गराइएको प्राचार्य घिमिरेले बताउनु भयो । कार्यक्रममा खेलाडीका सफलताका कथा,क्रिकेट खेलको महत्व,खेलक्षेत्रको प्रतिवद्धता जस्ता कुरामा पनि चर्चा गरिएको थियो ।