logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सञ्जीवनीमा खेल महोत्सव जारी


    २० माघ २०७५ , आइतबार

    सञ्जीवनीमा खेल महोत्सव जारी

    लुम्बिनीखबर
    भैरहवा, माघ । सञ्जीवनी शिक्षा सदन तिलोत्तमा १५ मधवलियामा खेलकुद महोत्सव सुरु भएको छ ।
    विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि वार्षिक क्यालेण्डर अनुसार खेल महोत्सव आयोजना गरिएको हो । ४ दिनसम्म चल्ने खेल महोत्सवको बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । सो अवसरमा विभिन्न झाँकी सहित विद्यालयदेखि पत्थरडाँडा हुँदै खेल मैदानसम्म वृहत शान्ति ¥याली निकालिएको विद्यालयका प्राचार्य सुधिर गुरुङले जानकारी दिए ।


    उद्घाटन सत्रलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाका शिक्षा विभाग प्रमुख हरि ज्ञवालीले खेलकुदलाई पनि शिक्षाको अभिन्न अंगका रुपमा लिनुपर्नेमा जोड दिए । साथै विद्यालयले खेलकुदलाई महत्व दिएर खेल महोत्सव आयोजना गरेकोमा धन्यवाद दिँदै पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।
    विशिष्ट अतिथि सामूहिक विद्यालय परिवारका अध्यक्ष राजकुमार गुरुङले खेलकुदले विद्यार्थीको शारीरिक एवम् मानसिक विकासमा समेत टेवा पु¥याउने भन्दै विद्यालयको सराहना गरे । कार्यक्रममा जापान गोजुरियो कराँते महासंघका संस्थापक अध्यक्ष केबी राना एवम् ब्रह्मकुमारी विश्वविद्यालयकी बबिता दिदीले शुभकामना व्यक्त गरेका थिए ।
    उद्घाटन सत्र विद्यालयका प्राचार्य सुधिर गुरुङको अध्यक्षता, विद्यालयका शैक्षिक विभाग प्रमुख नवराज रेग्मीको स्वागत मन्तव्य एवम् शिक्षक कविता रेश्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।
    माघ २० सम्म सञ्चालन हुने खेल महोत्सवमा क्रिकेट, भलिबल, ब्याडमिन्टन, खो खो, टेबलटेनिस र एथ्लेटिक्सका खेलहरु सञ्चालन हुने खेल महोत्सव संयोजक कुनाल गुरुङले जानकारी दिए ।

    शनिबार सम्म सम्पन्न भएका खेलहरुमा भलिबलतर्फ अन्नपूर्ण सदन विजयी भएको छ भने सिनियर क्रिकेटतर्फ अन्नपूर्ण सदन नै विजयी भएको छ । त्यसैगरी जुनियर क्रिकेटतर्फ अन्नपूर्ण सदनले विजय हासिल गरेको छ ।
    त्यस्तै जुनियर र सिनियरतर्फको एकल टेबलटेनिस खेलमा अन्नपूर्ण सदनले नै विजय हासिल गरेको छ । जुनियरतर्फको डबल टेबलटेनिस खेलमा माछापुच्छ्रे सदन र सिनियरतर्फको खेलमा अन्नपूर्ण सदन विजयी भएको छ ।
    सिनियर छात्रातर्फको एकल र डबल ब्याडमिन्टन खेलमा अन्नपूर्ण सदन नै विजेता भएको छ । बाँकी रहेका एथ्लेटिक्सका सम्पूर्ण खेलहरु आज सञ्चालन हुने विद्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.