logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    हर्मन माइनरको सम्झनामा एससोएस बालग्राम


    ३२ जेष्ठ २०७६ , शनिबार

    हर्मन माइनरको सम्झनामा एससोएस  बालग्राम

    कमल रायमाझी
    भैरहवा जेठ ३२ । एससोएस बालग्राम लुम्बिनीले प्रो.डा. हर्मन माइनरको सम्झनामा विविध कार्यक्रमहरुको आयोजना गरेको छ ।


    एससोएस बालग्रामका संस्थापक प्रो.डा. हर्मन माइनरको सम्झना गर्दै आयोजना गरिएको कार्यक्रममा समाजिक क्षेत्रका, व्यक्तित्वहरु, एससोएस बालग्राम तथा स्थानीय संघ संस्थाहरुले कार्यक्रम मनाई रहेका छन् ।


    स्व. प्रो.डा. हर्मन माइनरको सयौँ वर्ष पुगेको अवसर र बालग्राम स्थापनाको ७० औँ वर्ष पुगेको उपल्क्षयमा एससोएस बालग्राम लुम्बिनीले विविध कार्यक्रमहरु आयोजना गरेको संस्थाका योजना निर्देशक विजय जंग राणाले जानकारी दिए ।


    अनाथहरुको साहारा बनेको एससोएस बालग्राम लुम्बिनीले जेठ ३१ गते देखि सुरु गरेको विविध कार्यक्रम असार ८ गते सकिने एससोएस बालग्रामको सूचना शाखाले जानकारी दिइएको छ ।

    विविध कार्यक्रम अन्तर्गत जेठ ३१ गते रक्तदान कार्यक्रम ३२ गते शान्ति ¥याली ७ गते असार राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गरेर हर्मन माइनरलाई सम्झिरहेको संस्थाकी नायव निर्देशक ज्योत्सना राणाले बताइन् ।


    आमा बुवा गुमाएका बालबालिकाहरुलाई संरक्षण दिएर उनिहरुको पालन पोषण शिक्षा दिक्षाका साथै शारिरीक मानसिक तथा बौद्धिक विकास गर्दैै उनिहरुलाई समाजिक क्षेत्रमा सक्षम बनाउने उद्देश्यले बालग्रामले प्रत्येक वर्ष हर्मन माइनरलाई सम्झिने गरेको एससोएस बालग्रामको सहायक निर्देशक गोविन्द ढकालले जानकारी दिए ।

    विश्व भरीका १३५वटा देशमा रहेको एससोएस बालग्राम नेपालमा १० स्थानमा रहेको छ । सन १९१० मा स्थापना भएको एससोएस बालग्राम लुम्बिनीमा १३८ जना छोराछोरी र १५ जना आमाहरु रहेको कुरा एससोएस बालग्राम लुम्बिनीको व्यवस्थापन शाखाले जानकारी दिएको छ ।

    विश्वमा बालबालिकाको शिक्षा दीक्षा र भविष्य निर्माणमा उत्कृष्ट ठहरिएको एससोएस बालग्राम नेपालमा पनि बालबालिकाको क्षेत्रमा सर्वोत्कृष्ट संस्था हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.