logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    शिक्षा प्रदेश सरकारको प्राथामिकतामा : प्रदेशसभा सदस्य न्यौपाने


    ७ फाल्गुन २०७६ , बुधबार

    शिक्षा प्रदेश सरकारको प्राथामिकतामा : प्रदेशसभा सदस्य न्यौपाने

    तिलोत्तमा, ७ फागुन । प्रदेश नम्बर ५  का प्रदेशसभा सदस्य दधिराम न्यौपानेले शिक्षा प्रदेश सरकारको प्राथामिकतामा रहेको बताएका छन् ।

    उनले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रदेश सरकारले प्राथामिकतामा राखेर अगाडी बढेको जानकारी दिए । उनले समाजको बिकासका लागि शिक्षा महत्वपुर्ण रहेकाले शिक्षा सबैको पहुचमा पुराउन प्रदेश सरकार योजना बनाएर कार्यान्वयन तहमा पुगेको बताए ।
    बुधवार तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मा रहेको श्री बिश्व शान्ति सामूदायिक आधारभुत बिद्यालयको १५ औ वार्षिकोत्सव तथा अभिभावक भेलामा प्रदेशसभा सदस्य न्यौपानेले उक्त कुरा बताएका हुन । प्रदेशसभा सदस्य न्यौपानेले प्रदेश नम्बर ५ मा शिक्षालाई सवैको पहुचमा पुराउने र गुणस्तरिय शिक्षा मार्फत योग्य जनशक्ति निर्माण प्रदेश सरकारको दायित्व पनि रहेको बताए ।
    बिद्यालयको वार्षिकोत्सव तथा अभिभावक भेलाका प्रमुख अतिथि प्रदेशसभा सदस्य न्यौपानेले बिद्यालयलाई चालु आर्थिक बर्षमा १० लाख मात्र विनियोजित भएपनि आगामी बर्षमा आधुनिक भवन निर्माणका लागि थप बजेट उपलव्ध गराउनका लागि प्रदेश सरकार संग पहल गर्ने आश्वासन समेत कार्यक्रममा सहभागिहरुलाई दिएका छन् ।


    अग्रजी माध्याम बाट पढाईहुने उक्त बिद्यालयको भौतिक तथा शैक्षिक प्रगतीमा आफु जनप्रतिनिधि भएकाले सधै सहयोग र सहकार्यका लागि हातेमालो गर्न तयार रहेको कुरा पनि प्रदेशसभा सदस्य न्यौपानेले बताए ।
    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा ९ का वडा अध्यक्ष नारायण न्यौपाने, बिद्यालयका प्रध्यानअध्यापक डोलराज पाण्डे, समाजसेवी हरि पाण्ड,े लगाएतले मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.