logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कञ्चन गाउँपालिकामा पालिका स्तरीय उपाध्यक्ष महिला तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु


    २९ मंसिर २०७८ , बुधबार

    कञ्चन गाउँपालिकामा पालिका स्तरीय उपाध्यक्ष महिला तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु

    दीपक जैसवाल
    सूर्यपूरा । रुपन्देहीको कञ्चन गाउँपालिकामा वडा नम्बर २ गजेडी बजारमा गाउँपालिका स्तरीय उपाध्यक्ष महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि कञ्चन गाउँपालिकाका उपाध्यक्ष गोमा तरामुले उद्घाटन कार्यक्रमलाईसम्बोधन गर्दै महिलाहरु हरेक क्षेत्रमा योग्य भएको र महिलाको हरेक विकासको लागि कञ्चन गाउँपालिकाले सधैं प्राथमिकतामा राखेको भन्दै राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्दै उपाध्यक्ष कप महिला भलिबल आयोजना गरेको बताउनु भएको थियोे ।

    साथै उपाध्यक्ष तरामुले पालिकाभित्र मात्रै ११ टिम महिला सहभागीताले कञ्चन भलिबल खेलमा अगाडि रहेको र दक्ष खेलाडी उत्पादन गर्नुपर्ने र खेल खेल्ने क्रममा अनुशासन तरिकाले खेल खेल्न खेलाडीलाई अनुरोध गर्दै हार जित स्वाभाविक रहेको भन्दै र आयोजकले खेल आयोजना गरेर आफ्नो खेल प्रदर्शन गर्ने मौका दिएकोमा सबैलाई धन्यवाद दिनुभएको थियोे ।

    त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत वडा नं १ का वडा अध्यक्ष हरिनारायण थारु, वडा नम्बर २ का वडा अध्यक्ष शेरबहादुर थारु, वडा नम्बर ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछाने, वडा नं ४ का वडा अध्यक्ष दुर्गा क्षेत्री, वडा नं ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, कार्यपालिका सदस्य रेनु कुँवर, कञ्चन जेसिजकी अध्यक्ष राधिका चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

    कार्यक्रममा पुरुष भलिबलमा कपिलवस्तु र रुपन्देहीको विभिन्न पालिका, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ, पर्वत, रुकुम, रोल्पा गरी ३२ टिमको सहभागीता रहेको छ । त्यस्तै कञ्चन गाउँपालिका स्तरीय उपाध्यक्ष महिला भलिबलमा ९ टिमको सहभागीता रहेको छ ।

    कार्यक्रममा कञ्चन भित्रका विभिन्न संघसंस्था राजनीतिक दल, बुद्धिजीवी, सञ्चारकर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

    खेलको पहिलो दिन महिला भलिबलमा आयोजक र हरैया माध्यमिक विद्यालय बिचको खेल सोझो सेटमा हरैया माध्यमिक बिद्यालय जित आफ्नो हातमा पारेको थियोे भने पुरुष भलिबलमा कञ्चन ४ वरपिपल र सैनामैना वनकट्टा बिच भएको खेलमा वरपिपलले लगातार दुई सेट जितेर अगाडिको यात्रा तय गरेको थियो ।

    खेल मंसिर २८ गते देखि पुस ३ गते सम्म सञ्चालन हुनेछ भने कार्यक्रमको अन्तिम दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुति हुने आयोजकले बताएको छ ।

    कार्यक्रममा अध्यक्षता क्लबका अध्यक्ष शन्त बहादुर रानाको रहेको थियोे भने कार्यक्रमको सञ्चालन देव बहादुर थापाले गर्नु भएको थियोे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.