logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    कोभिडका कारण ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता स्थगित


    १८ माघ २०७८ , मंगलबार

    कोभिडका कारण ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता स्थगित


    बुटवल । लाफा समुह बुटवलले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ स्थगित गरेको छ । कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएपछि समुहले निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने निर्णयमा पुगेको हो ।

    समुहको सोमबार बसेको बैठकले हाललाई प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको प्रतियोगिताका संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए । यस्तै कोभिड संक्रमणको परिस्थिति र सरकारको कोभिड संक्रमण सम्बन्धि नयाँ निर्णय अनुसार प्रतियोगिताको नयाँ मिति तय गर्ने समुहका अध्यक्ष तारा रेश्मीमगर जानकारी दिए ।

    समुहले माघको २२ र २३ गते २ दिने लाफा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको समुहले यस वर्ष स्थानिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ बि लेभलको प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.