logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    फागुन २१ देखि इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट


    १९ फाल्गुन २०७८ , बिहिबार

    फागुन २१ देखि इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट

    लुम्बिनी । पडरिया लुम्बिनी प्रिमियर लिग अन्तर्गत इन्डो नेपाल क्रिकेट टुनामेन्ट आगामी फागुन २१ गते देखी लुम्बिनीमा हुने भएको छ । शनिबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे आयोजक लुम्बिनी नव युवा कल्व पडरियाले जानकारी दिएको हो ।

    क्रिकेट प्रतियोगिता नेपाल र भारतका टिम बिच हुने छ । लुम्बिनी गार्डेन पडरियामा आयोजना हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ टिमको सहभागिता रहनेछ । नेपालको तर्फबाट भैरहवा वारियर्स, बुटवल युथ, धकधई क्रिकेट, रुपाकोट गुल्मी, कपिलबस्तु इलाभेन, जनकपुरधाम, रकइलाभेन स्याङ्जा, ग्रान्ड कस्मो लगायत १६ टिम खेलमा सहभागी हुनेछन् भने भारतको तर्फबाट गोरखपुर रेल्वे, अजमगड, देगोरिमा, वडहरगंज, उस्का, वडनीबजार, डुमारमाजन्ज, महारजगंज लगायत १६ टिम खेलमा सहभागी हुनेछन् ।

    दुई देशका खेलाडीहरु खेलमा सहभागी हुने भएता पनि नेपालका खेलाडी नेपालकै टिम सँग र भारतका खेलाडी भारतका सँगै हुनेछ । फाइनल खेल नेपाल र भारत बीच हुने क्लबका अध्यक्ष अहमद हुसेनले बताए ।

    प्रतियोगितामा विजेता टिमले १ लाख २५ हजार पुरस्कार पाउने छ भने उपविजेताले ७० हजार पुरस्कार रकम पाउने छन् । प्रतियोगिता अबधीभर उत्कृष्ट खेल्ने खेलाडीले १० हजार पाउने छन् । लुम्बिनी नव युवा क्लबले पहिलो पटक सन् २०१८ मा खेल आयोजना गरेको थियो । क्लबले अहिले चौथो पटक खेल आयोजना गर्दै छ । दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएकोले नेपाल र भारतका दर्शकहरुको ठूलो भिड हुने आयोजकले बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.