भैरहवा, ३० कार्तिक । जसपाका नेता तथा रूपन्देही ३ प्रदेश सभा ख का उम्मेदवार महेन्द्र यादवले यो रास्ट्र बचाउन एमालेको ठुलो हात भएको बताएका छन् ।
नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीद्वारा आयोजित बृहत कार्यक्रता भेला कार्यक्रममा सम्बोधन गर्दै यादवले देशका लागि केपी ओलीले खेलेको भूमिकाका कारण एमालेलाई सदैब जनताले सम्झीइरहने बताए ।
रास्ट्रभक्ति कार्य नेता ओलि बाहेक कसैलेपनि प्रधानमन्त्री हुंदा देखाउन नसकेको बताउंदै यादबले भने अरु कुर्सी, पदका लागि प्रधानमन्त्री भए ओलि देशका लागि, जनताका लागि प्रधानमन्त्री भए ।
भैरहवामा दिपक दाइले चुनाब जिते भने सबै भन्दा ठुलो श्रेय एमालेलाई जान्छ । यादवले भने, एमालेका कार्यक्रता प्रतिबद्ध छन् भन्ने प्रमाणित गर्ने मंसिर ४ गते हो ।
“नेपालमा सच्चा नेता कुनै छन, भने त्यो नेता केपी ओलि हो । यो तिन दलको तालमेल ठुलो श्रेय केपी ओलीलाई जान्छ रास्ट्रको नेता नै केपी ओलि हो ।” यादवले भने । ४ गतेको न्यायाधीश कार्यक्रता भएको बताउंदै फैसला गर्ने काम जनताको भएको महेन्द्र यादब बताउंछन ।