logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कित्ताकाट सुरु मायादेवी ८ मा


    १५ मंसिर २०७९ , बिहिबार

    कित्ताकाट सुरु मायादेवी ८ मा

    रुपा पाण्डेय
    भैरहवा मंसिर । रुपन्देहीको मायादेवी गाँउपालिका वडा न. ८ ले जनताको सुधारको लागि टोल टोलमा बोरिङ्ग जडान सार्वजनिक धाराको व्यवस्था गरेको छ । स्थानीय जनताको माग अनुसार सार्वजनिक धाराको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ । निर्वाचन पछिको ६ महिनाको अवधिमा वडा कार्यालयले बैशाख महिना सम्मामा सक्नु पर्ने वडा स्तरीय योजनाहरु कार्यान्वयनमा लागेको वडा अध्यक्ष चोक बहादुर थापाले बताए । वडा भित्र वाटो र नाली व्यवस्थित र गुुणस्तरीय बनाउने काम जारी नै रहेको छ । अध्यक्ष थापाले भने “ मतकोलवामा रहेको खेलमैदानको स्तर उन्नति र खेलाडी उत्पादनको लागि वडा पालिकाले जोड दिएको छ । ” फोहोर मैला व्यवस्थापनका लागि वडा पालिकाले टेक्टरको व्यवस्था गर्नुका साथै हप्तामा एक पटक घर घरमा पुगी फोहोर उठाउने काम गरिरहेको वडा अध्यक्ष थापाले बताए । वडा पालिकामा जग्गा वर्गीकरणका लागि पालिकाको निर्णय अनुसार मालपोत र नापी कार्यालयमा सिफारिस गरी कित्ताकाटको व्यवस्था सुरु गरिएको अध्यक्ष थापाले जानकारी दिए । यस वडा कार्यालयले जनताको काम सरल र सहज रुपमा गर्ने गरेको बताउदै वडा सचिव छविलाल गुप्ताले नमुन वडा निर्माण गर्ने सोचका साथ अगाडि बढेको बताए

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.