झब्बर यादव
सिद्धार्थनगर, ७ पुस । रुपन्देहीको भैरहवा बहुमुखि क्याम्पसका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी ) द्वारा सह इकाई समिति गठन गरिएको छ ।
कार्यक्रमका अध्यक्ष तथा अनेरास्ववियू (क्रान्तिकारी) मूल इकाई समितिका अध्यक्ष मनिष ढकालले विद्यार्थीका हक हित तथा क्याम्पसमा विद्यार्थीलाई सदैव व्यवस्थित तरिकाले सिकाई गर्नका लागि संगठनले एकदमै जगरुक रहेर सेवा गर्दै आएको बताउनुभयो । कुनै पनि कक्षाका विद्यार्थीलाई समस्या महसुस भएको विद्यालयका प्रशासन समक्ष पुुगी समस्याको हाल गर्दै आइरहेको ढकालले बताउनुभयो । गरीब, असहाय, अपाङ्ग तथा आर्थिक अवस्था कमजोर भएका कतिपय विद्यार्थीलाई निःशुल्क शिक्षण गर्न पाउने समेत सुबिधा रहेको ढकालले जानकारी दिनुभयो । अखिल क्रान्तिकारीले शिक्षण कार्यमा मात्र नभई समय समयमा बनभोज कार्यक्रम, शैक्षिक भ्रमण तथा खेलकुद क्याम्पसमा हरेक बर्ष गर्दै आएको प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीलाई पुरस्कार समेत वितरण गर्दै आएको बताउनुभयो । विद्यार्थीलाई सिकाई गर्नका लागि हामीले सधैं हातेमालो गरी काम गरी अगाडि बढ्ने छौ ढकालले बताउनुभयो ।
कार्यक्रमका संचालक तथा मूल इकाई समितिका सचिव विनोद घिमिरेले प्रत्येक वर्ष यस क्याम्पसमा आउने विद्यार्थीहरुको माझमा हरेक कक्षामा एउटा क्रान्तिकारीको सह इकाई समिति गठन गर्दे आइरहेका छौ । विद्यार्थीहरुको समस्या सह इकाई समिति मार्फत मुल इकाई सम्म पुगे पछि समाधान गर्न सजिलो हुने बताएका छन् । विद्यार्थीमा भएका कुनै पनि समस्या हामी सम्म पुुगे पछि त्यस प्रति पहल अवश्य गर्ने मुल इकाईका सचिव घिमिरेले बताएका छन् ।
कार्यक्रमका अतिथि सुरज ज्ञवालीले विद्यार्थीलाई सेवा पुुयाउन संगठनले सधै तत्पर रहेको र अगामी दिनमा विभिन्न किसिमका सेवा पुु¥याउने योजना रहेको बताउनुभयो ।

अखिल क्रान्तिकारी सह इकाई समिति गठन वि.वि.एस प्रथम वर्ष नेपाली माध्यमका अध्यक्ष नारायण भट्टराई, उपाध्यक्ष विजय कुर्मी,,नमुना पन्थी, सचिव पुुष्पा अग्रहरी, सहसचिव सर्मिला विश्वकर्मा, कोषध्यक्ष शान्ति खातुन, सहकोषाध्यक्ष ज्योति थारु रहेका छन् भने लक्ष्मी गुप्ता, माया मौर्या, धनमाया चौधरी, शान्ता नेपाली, प्रतिक्षा श्रेष्ठ, ज्योति थारु, सविता अधिकारी, सिमा केवट, रिया भर, पुुष्पा यादव, लक्ष्मी देवी कोहार, रेनु कुर्मी, सविता यादव, नेहा सिंह घर्ती, प्रिंका चौधरी, अम्रिता यादव, विपना सूूर्यवंशी मगर, अनिशा सहानी, सुरेश यादव, राज सुनार, श्री ओम यादव, अस्मिता यादव, ललिता मौर्या, अस्मिता यादव, पिंकी गुप्ता, सुशील आर्याल, आर्यन गुप्ता, रहुल महतो क्षेत्री, उपेन्द्र कुमार मल्लाह, यूराज भुसाल, रन्जीत केवट, श्याम बहादुर चौहान, विनय गुप्ता, सहवाज खान, बालाप्रसाद लोध, दिनेशलाल यादव, नारेन्द्र धोवी, रवीकान्त गुप्ता, सुजीत पटेहरा, पंकज चौधरी, करन केवट, राम शौभाग, अनिल कुमार हरिजन, नगेश्वर चौधरी, राम यादव, अपिल पाण्डेय र शौभाग मोहम्मद खान सदस्य रहेको कार्यक्रम संचालक घिमिरेले जानकारी दिनुभयो ।